ब्रेकिंग न्युज

विद्यालयमा क्वारेन्टाइन बनाइने



तनहुँ १२ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइने भएको छ । वडाध्यक्ष कृष्णप्रसाद रेग्मी र आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सन्देश थापाबीच आज भएको बैठकपछि विद्यालय भवनमा क्वारेन्टाइन बनाउन लागिएको हो ।कोभिड–१९ को जोखिम नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन लागिएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशबाट फर्किएकालाई सुरक्षित रुपमा राख्न क्वारेन्टाइन बनाउन लागिएको हो । “एक साता अगाडी पाँच जना विदेशबाट फर्किएका छन्, अस्पतालमा परीक्षण पश्चात् उनीहरु होम क्वारेन्टाइनमा छन्,” उहाँले भन्नुभयो, “विदेशबाट फर्किएका अरु पनि हुन सक्ने भएकाले टोल विकास संस्थामार्फत् तथ्याङ्क लिने काम भइरहेको छ ।” उनीहरुको आधारभूत स्वास्थ्य केन्द्र मार्फत् नियमित स्वास्थ्य परीक्षण गरिनेछ । वडाभित्र घर नभएका तर भाडामा बस्ने, विदेशबाट फर्किएका र स्थानीयवासीमा पनि कोरोना सङ्क्रमणको प्रारम्भिक लक्षण देखिएमा विद्यालयमा निर्माण गरिने क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । वडाध्यक्ष रेग्मीले सुरक्षित र सतर्कताका साथ क्वारेन्टाइनमा राखी त्यस्ता शङ्कास्पद व्यक्तिको उपचारको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६