प्रदेश

प्रदेश ५का विभिन्न जिल्लामा आइशोलेशन बनाउन मन्त्रीकै नेतृत्व,को कहाँ खटिए त ?



बुटवल,१३ चैत । कोरोना रोकथाम तथा उपचारको कामलाई प्रभावकारी वनाउने कार्ययोजना अनुसार प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष स्थापना गरेसंगै प्रदेशका विभिन्न जिल्लामा आइशोलेशन बनाउन मन्त्रीलाई खटाएको छ । यो संगै प्रदेश सरकारले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले स्थापना गरेको कोषमा सहयोग गर्न सवैमा आग्रह पनि गरेको छ । प्रदेश पाँच सरकारले बनाउने निर्णय गरेको १० करोडको नोभेल कोरोना भाईरस नियन्त्रण कोष रहेको छ । कोषको खाता राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खोलिएको छ । कोषको खाता नम्बर ३१२०५०३०००३०१ रहेको छ । 

        प्रदेश सरकारले हामी सबै कोरोना विरुद्धको लडाईंमा मिलेर अघि बढौं, आफू सुरक्षित बनौं र अरुलाई पनि सुरक्षित बनाऔं भन्ने नारासहित पूर्व तयारीको कामलाई पनि प्रभावकारी वनाएको जनाएको छ ।  मुख्यमन्त्री शंकर पोखरेलले अहिले भइरहेका कामको जानकारी लिने र स्थलगत निरीक्षण गरी कोरोना रोकथामको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । 

        प्रदेश सरकारले प्रदेशका विभिन्न चार स्थानमा आइसोलेसन अस्पताल निर्माण गरिरहेको छ र पूर्वतयारीको संयोजन गर्न प्रदेश सरकारका मन्त्रीहरु नै अहिले खटिनुभएको छ ।प्रदेश सरकारका अनुसार बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा आइसियुसहितको ४० शैयाको आईसोलेसन अस्पताल वनाउने काममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी खटिनुभएको छ । त्यसैगरी दाङको बेलझुण्डीमा आइसोलेसन अस्पतालको तयारीको काम भैरहेको छ भने त्यहाँ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आईसोलेसन अस्पताल निर्माणको नेतृत्व गरिरहनु भएको छ ।  

        त्यसैगरी भैरहवाको भीम अस्पतालमा बनाउन लागिएको आइसोलेसन केन्द्रको संयोजन सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरिरहनु भएको छ ।  भीम अस्पतालमा पाँच आइसियु सहित ३० शैयाको आइसोलेसन केन्द्र तत्काल वनाउने सरकारको योजना अनुसार काम भैरहेको छ ।बुटवलस्थित धागो कारखानाको आइसोलेसन केन्द्रको कामको संयोजन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले गरिरहनु भएको छ । 

         लुम्विनी प्रादेशिक अस्पतालले यो आइसोलेसन केन्द्रको जिम्मा लिदै विशेषज्ञ डाक्टरसहितको टिम खटाएको छ ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीका अनुसार स्थानीय तहहरुले पालिकामा भारत सहित अन्य मुलुकबाट आएका नागरिकको खोजी र निगरानी गरिरहेका छन् । कोरोनाको शंकास्पद बिरामी देखिए अस्पताल पु¥याउन एम्बुलेन्सको तयारी र व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।  

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६