ब्रेकिंग न्युज

भोटे कोशी बाढीको जोखिम सुस्ता सम्म



काठमाडौँ, १० भदौ

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ । केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिनुभयो । सोहीअनुसार पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । “बाढीको जोखिम अहिलेसम्म घटेको छैन । सुस्तासम्म नै जोखिम हृुनसक्छ,” उहाँले भन्नुभयो ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६