ब्रेकिंग न्युज

भोटेकोशी बाढी: सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता



काठमाडौँ, १० भदौः

भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई सहयोग गर्ने विपक्षी दलका नेताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै पक्ष–विपक्षभन्दा माथि उठेर संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो । बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबै निकायलाई निर्देशन दिनुभयो ।

प्रकाशित : १० भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६