सूचना र प्रविधि

प्राकृतिक चिकित्सालयमा ३० बेडको आइसोलेसन अस्पताल,चिकित्सकीय टीम परिचालित



 सैनामैना १३ चैत । रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण हुने विरामीलाई राख्न कोरोना अस्थाई आईसोलेसन अस्पताल संचालन हुने भएको छ । नगरपालिकाको विपत् व्यवस्थापन समितिको बुधवार बसेको बैठकले सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष ‘अस्थायी आइसोलेसन’ अस्पताल बनाउने निर्णय भएको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

        अस्पतालमा एक चिकित्सक सहित, एक हेल्थ असिस्टेण्ट र दुई नर्स रहने छन् । उक्त अस्थायी अस्पताल शुक्रवारदेखि संचालनमा आउने छ । यसका लागि बुधवारबाटै डा. .सहितको टोली अस्पताल निर्माणमा जुटेका छन । कतिपय सिकिस्त विरामीलाई आवश्यकता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने छ भने  विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै नगरप्रमुख कार्कीले एक एक जना विरामीलाई अलग अलग राख्ने गरी अस्पतालमा ३० वेड रहने बताउनुभयो । 

         विपद व्यवस्थापनसँग सम्वन्धित रहेको २० लाख रुपैयामध्ये ५ लाखका विभिन्न साम्रागी खरिद भएको जानकारी दिदै उहाँले कतिपय रकमलाई रकमान्तर गरेर भएपनि करिब एक करोड बराबरको कोष बनार्ई प्रभावकारी बनाइने जानकारी गराउनु भयो ।सैनामैनामा रहेका उद्योग वाणिज्य संघ, व्यापार संघ, नेपाल रेडक्रस सोसाइटी, रोटरी कलब अफ सैनामैना, लायन्स क्लब अफ सैनामैना, होटेल तथा रेष्टुरेष्ट व्यवसायी संघ, नेपाल जेसीस लगायतका विभिन्न संघ, संस्थाले समेत सहकार्य गर्ने बताइएको छ । 

            रोटरी क्लब अफ सैनामैनाले कोरोना विरुद्धको सहकार्यका लागि एउटा एम्वुलेन्स समेत हस्तान्तरण गरेको छ भने हेल्थ पोष्टमा रहेको एम्व्लेन्स तयारी अवस्थामा राखिएको छ । नगरप्रमुख कार्कीले सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लिनिक बन्द गर्न नहुनेमा जोड दिदै अहिलेको संकटको घडीमा सबैको साथ र सर्मथन आवश्यक भएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद व्यवस्थापन कोषबाट नै कोरोना भाइरस विरुद्ध काम गरिने जानकारी दिनुभयो । यसअघि नगरपालिकाले हेल्प डेस्क खडा गरी कोरोना भाइरस विरुद्ध काम गरेको थियो । 

            बैठकले कोरोना रोकथाम तथा उपचार कोष प्रदेश नं ५ संग आवश्यक सहयोग माग गर्ने निर्णय गरेको छ । यस्तै सैनामैनाको पशुपति मा.बि मा रहेको बिज्ञान प्रयोगशालामा पाँचसय लिटर सेनेटाइजर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गर्ने निर्णय गरेको छ । महामारीको बेलामा सबैलाई सहयोग गर्न अपिल गर्दैं सहयोग गर्न चाहनु हुने संघ सस्था वा ब्यक्तिले कृषि बिकास बैंक पर्रोहा शाखामा बिपद ब्यवस्थापन कोषको नाममा रहेको खाता नं ०४–१४२–०१२७–३६५५–०१–५ मा सहयोग रकम जम्मा गर्न समेत अनुरोध गरेको छ ।  

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६