समाचार

कोरोना प्रभाव : प्रदेश नं. ५ मा २ लाखको स्वास्थ्य परीक्षण, ३६ जनाको रगत परिक्षण ,संक्रमण शुन्य ग्रिन जोनमा प्रदेश नं. ५ : स्वास्थ्य निर्देशक गिरी



बुटवल १४ चैत्र प्रदेश नं. ५ अहिले सम्म कोरोनाको ग्रिनजोनमा रहेको स्वास्थ्य निर्देशक विनोद कुमार गिरीले वताउनु भएको छ । प्रदेशमा अहिले सम्म कोरोना संक्रमण भएको फेला परेको छैन । नेपाल प्रवेश गर्ने करीव २ लाख नागरीकको स्वास्थ्य परिक्षण गरीएको छ । प्रदेश भरी ५५ जना शंकास्पद विमारी भर्ना भएका थिए । जस मध्ये १९ जना अन्य विमारी रहेका थिए । बाकी ३६ जनाको रगतको नमुना लिई कोरोना परीक्षण गरेका थियौ । विहिवार सम्म १७ जनाको रिपोर्ट आएको छ । सवैको कोरोना परिक्षण नेगेटिभ आएको छ । वाकी १९ को रिपोर्ट आउन वाकीं रहेको निर्दैशक गिरीले प्रेसपाटीलाई वताउनु भयो । 


स्वास्थ्य निर्देशनालय वुटवलका तथ्यांक अधिकृत मन वहादुर वलीका अनुसार रगत परिक्षण गरीएका मध्ये १३ जना वांकेवाट ५ जना दांगवाट १ जना भैरहवाबाट र १७ जना लुम्विनी प्रादेशिक अस्पतालबाट रगत परिक्षणका लागी नमुना संकलन गरीएको वलीले वताउनु भयो । संकलित नमुना राष्ट्रिय जन स्वास्थय प्रयोगशाला टेकुमा पठाईएको वताईएको छ । 

 प्रदेश भरी ४० बटा हेल्प डेस्क स्थापना भएको छ । हेल्प डेस्कबाट १ लाख ९९ हजार १ सय ३१ जनाको चेक जाँच भएको छ । नेपाल भारत सिमामा रहेका ४० हेल्प डेस्कवाट नेपाल प्रवेस गर्नेको चेक जाँच भएको हो । प्रदेश भरी १९ अस्पतालमा आईसोलेसन वेड तयार गरीएका छन । ति अस्पतालमा कुल ११० वेड रहेका छन । 

प्रदेश सरकारले ४ स्थानमा कोरोना विशेष अस्पतालको रुपमा संचालन गरेको छ । दांगको वेलझुण्डीमा १०० शैया, वुटवल धागो कारखाना १०० शैया, भिम अस्पताल भैरहवा ३० वेड र शशिल कोईराला क्यान्सर अस्पताल वांके मा ५० शैयाको विशेष अस्पताल संचालनमा ल्याएको छ । प्रदेशले कोरोनाको संक्रमण हुन नदिन गम्भिरता पुर्वक काम गरेको प्रदेश नं. ५ सामाजिक विकास समिती सभापती दिर्धनारायण पाण्डेले वताउनु भयो ।

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६