प्रदेश

कपिलवस्तुका १० स्थानीय तहमा १८७ सैयाको क्वारेन्टाईन सञ्चालनमा ,२७ एम्बुलेन्स हाई अलर्टमा



 कपिलवस्तु १५  चैत्र । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि कपिलवस्तु जिल्लाका १० स्थानीय तहमा १ सय ८७ शैयाको क्वारेन्टाइन र ७ वटा आईसोलेसन कक्ष सञ्चालनमा ल्याईएको छ ।  हालैमात्र भारत लगायत अन्य देशबाट आएका व्यक्तिलाई एकान्तवासमा राख्नका लागि जिल्लाका  १० स्थानीय तहले क्वारेन्टाइन कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको हो । स्थानीय तहले विद्यालय, स्वास्थ्य चौकि तथा सामाजिक कामका लागि वनाईएका भवनमा क्वारेन्टाईन कक्ष संचालनमा ल्याएको हुन् । जिल्लाको कृष्णनगर नगरपालीकामा ७४ शै्यया क्षमताका क्वारेन्टाइन सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज कुमार सैनीले वताउनु भयो । भारतको सिमा क्षेत्रवाट आवत जावत वढि हुने नाका भएको हुदाँ नगरको सवै ११ वटा वडामा ४–४ वटाका दरले ४४ वटा र नगरपालीका भित्र ३० वटा क्वारेन्टाईन निर्माण गरि संचालनमा ल्याएको सैनीले वताउनु भयो । 

             त्यस्तै विजयनगर गाँउपालकिामा १६ वटा, महाराजगंज नगरपालीकाका ३ स्थानमा ३५ वटा, शिवराज नगरपालीकामा १४ वटा, वुद्धभुमि नगरमा ४ वटा, वाणगंगा नगरमा ४ वटा, कपिलवस्तु नगरपालीका ११ वटा सैया सहितको क्वारेन्टाईन संचालनमा आएको छ । भने यशोधरा गाँउपालीकामा ५ वटा, मायादेवी गाँउपालीकामा २० वटा र शुद्धोधन गाँउपालीका ४ वटा क्वारेन्टाईन निर्माण गरि संचालनमा ल्याएको हो । स्थानीय तहले सामुदायिक विद्यालय, सामाजिक कामका लागि प्रयोगमा ल्याईएको भवन तथा स्वास्थ्य केन्द्रलाई  अस्थायी क्वारेन्टाइनका रूपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका हुन् । जिल्लामा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइएको छ । यसरी निर्माण गरिएका क्वारेन्टाईनमा स्वास्थ्यकर्मि तथा सुरक्षा सजकता अपनाईएको प्रशासन कार्यालयले जनाएको छ । 

                जिल्लाको कपिलवस्तु नगरपालीकामा ४ वटा, वाणगंगामा २ वटा र शिवराज नगरमा २ वटा गरि ८ वटा आईसोलेसन कक्ष समेत निर्माण गरिएको छ । यस्तै कारोना भाइरस रोकथामका लागि क्वारेन्टाईन र आइसोलेसन कक्ष निर्माण गरि कोभिड–१९ सङ्क्रमितलाई आइसोलेटेड वार्डसम्म पु¥याउनका लागि १० वटै स्थानीय तह र विभिन्न क्षेत्रका एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सङ्क्रमित भेटिए र जटिल अवस्था आएका तयारी अवस्थामा २७ वटा एम्वुलेन्सलाई जिल्ला भर राखिएको जनाएको छ । त्यस्तै वाणगंगा नगरपालीकाको क्वारेन्टाईनमा २ जनालाई राखिएको छ । नगरले सवै वडामा क्वारेन्टाईन निर्माण गर्ने र  विदेशवाट आएकाको लगत संकलन गर्ने कार्य भईरहेको सामाजिक विकास समितिका सभापती एवं वडा नं ५ का वडा अध्यक्ष भिस्मराज भुसालले वताउनु भयो । यस्तै वडा नं ५ ले काम थालेको छ । वडाले भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको पहिचान शुरु गरेको छ । यहि क्रममा शुक्रवार वडाले भारतबाट आएका एक नागरिकलाई क्वारेन्टाइनमा राखेको हो । वडा नजिकै रहेको महेन्द्र मावि कोपवामा स्थापना गरिएको क्वारेन्टाइन कक्षमा ति नागरिकलाई राखिएको वडा अध्यक्ष भिष्मराज भुषालले प्रसपाटीलाई जानकारी दिनु भयो । वडाले टोलविकास संस्थाद्धारा विदेशबाट आउने मानिसहरुको खोजी कार्य जारी रहेको छ । क्वारेन्टाइनमा राखिएकालाई अनिवार्य १४ दिन राखिने र स्वास्थ्य उपचार वडालेनै व्यवस्था मिलाउने वडा अध्यक्ष भुषालले बताउनु भयो । क्वारेन्टाइनमा राखिएका नागरिकलाई सक्ने घर परिवारले खाना उपलव्ध गराउने छन भने नसक्नेहरुका लागि वडा कार्यालयले नै खानाको व्यवस्था मिलाउने वडा कार्यालयले जनाएको छ । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६