सूचना र प्रविधि

सांसद पन्थी पिपिई बोकेर हस्तान्तरण गर्न अस्पत्तालहरुमा,बाणगंगाका २ अस्पत्तालले पाए कोरोना चेकजाँच गर्दा लगाउने पोशाक,जिल्लाभर पुराउने घोषणा



कपिलवस्तु १५ चैत्र ।सिंगो  नेपाल लक डाउनमा  रहेका वखत यतिबेला प्राय सबै नेपाली होम क्वारेण्टाइनमा रहेकाछन् । उनीहरु यतिबेला आफ्नो र परिवारको स्वास्थ्य चिन्तनलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि छिमेक समाज र देशवासीहरु कोरोना मुक्त रहेको अवस्था देख्न चाहेका छन् । तर ठिक यसै बेला कपिलवस्तुका एक सांसद भने कसरी जिल्लावासीलाई कोरोनावाट सुरक्षित  राख्न सकिएला भन्ने चिन्तनका साथ अस्पत्तालमा स्वास्थ्य कर्मीकालागि आवश्यक पर्ने पिपिई अर्थात पर्सनल प्रोटेक्सन इक्वीप्मेण्ट (ब्यक्तिगत सुरक्षा उपकरण) जुटाउने र हस्तान्तरण गर्ने अभियानमा सामेल हुनु भएको छ  ।

        यसरी कपिलवस्तुका पिपरा अस्पत्ताल र कपिलवस्तु सामुदायिक अस्पत्तालमा कार्यरत  स्वास्थ्यकर्मीकालागि कोरोना चेकजाँच गर्दा लगाउने पोशाक खोजेर ब्यवस्था गर्ने र अस्पत्ताललाई हस्तान्तरण गर्ने काम प्रदेश सांसद विष्णु पन्थीले गर्नु भएको हो  । उहाले २ वटा अस्पत्तालका लागि आज  ५/५ थान पिपिई हस्तान्तरण गर्नु भएको छ ।कोरोनाका संभावित संक्रमित त परैको कुरा ज्वरो आएको विरामी अस्पत्तालमा आउदा समेत हेर्न नसक्ने गरी स्वास्थ्य जोखीममा परेका स्वास्थ्यकर्मीका लागि तलदेखि माथि सम्म लगाउने पिपिई उपलब्ध गराएका सांसद पन्थीले कपिलवस्तुवासीलाई ढुक्कले होम क्वारेण्टाइनमा बस्न आग्रह गर्नु भयो ।

    प्रदेश सरकार,स्थानीय सरकार  र स्वयम संसदका हिसावले आफु जनताको स्वास्थ्यकालागि आवश्यक सबै ब्यवस्था मिलाउन पछि नपर्ने उहाले वताउनु भयो । सांसद पन्थीले चाडैनै अस्पतालका लागि आवश्यक पर्ने एन नाइन्टिफाइभ मास्क,ज्वरो नाम्ने थरमोमिटर र भाइरस निर्मलीकरण गर्ने स्प्रे प्रदान गरिने उल्लेख गर्नु भयो । यसरी  देश र जनताले विषय स्वास्थ्य समस्यामा  भोगी रहेका वखत सांसद पन्थीले गरेको काम उच्च प्रसंसायोग्य रहेको  नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाईले वताउनु भयो । जनताको दुखका बेला साथदिने  नै वास्तवमा जनताको नेता बन्ने पछाईको भनाइ छ । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६