समाचार

वडा नं. ११ खाध्यन्न सहित विपन्नको घरमा



कपिलवस्तु १६ चैत्र ।  विश्व महामारीको रुपमा फैलिरहेको कोराना भार्ईरस कोभिड १ को संक्रमण अवस्थामा सरकारले लकडाउन घोषणा गरेको आज छैठौ दिनँ । दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने  कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं ११ का विपन्न परिवारलाई वडाको पहलमा कोरोनाबाट बच्न माक्स तथा खाद्यान्न वितरण गरिएको छ । वडा नं ११ भडसडवाको मौवावारी टोलका ३५ घर परिवारका करिब २ सय जनालाई माक्स वितरण गरिएको छ । त्यस्तै लकडाउनको यो विषम परिस्थितीमा वडावासी कोहि पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले दलित बस्तीका अति गरिव, विपन्न तथा दैनिक मजदुरी जीवन निर्वाह गरिरहेका ५ घरपरिवारलाई खाद्यान्न स्वरुप एक टोल विकास संस्थाका अध्यक्ष नाम देव भट्राईको आर्थिक सहयोगमा चामल, तेल, दाल, नुन र तरकारी वितरण गरिएको वडाअध्यक्ष सोमनाथ अर्यालले बताउनुभएको छ ।वडाका गरिब बिपन्न परिवारहरुको विवरण संकलन भईसकेकोले अन्य परिवारलाई पनि निरन्तर रुपमा घरमै पुगेर खाध्यन्न वितरण गरिने वडाअध्यक्ष अर्यालले बताउनुभयो । त्यस्तै स्काई लार्क माध्यमिक विद्यालय ओदारीमा चार वेडको क्वारेन्टाइन स्थापना गरि सकेको वडाअध्यक्ष भुषालले जानकारी दिनुभएको छ। वडाले वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नका लागि विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६