लुम्बिनी

रेडक्रसद्धारा अस्पताललाई सय थान प्रोटेक्टीभ गाउन



किरणमान बज्राचार्य
कपिलवस्तु चैत १६

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाले कोरोना भाईरसको उपचारमा संलग्न हुने स्वाथ्यकर्मीलाई आवश्यक पर्ने पिपिआई सामाग्री अन्र्गत पर्ने सय थाना प्रोटेक्टीभ गाउन कपिलस्तु अस्पताललाई प्रदान गरेको छ ।
सदरमुकाम तौलिहवामा शाखा सभापति केशव कुमार श्रेष्ठ र महासचिव संतोष कुमार श्रीवास्तवले अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेलाई गाउन हस्तान्तरण गरेका थिए , यस अघि तीन दिन अघि रेडक्रसले अस्पताललाई एक दर्जन गाउन उपलब्ध गराएको थियो । कोरोना संक्रमितहरुको उपचारमा संलग्न रहेको स्वास्थयकर्मीलाई लक्षित गरी आफुहरुले अस्पताललाई गाउन दिएको शाखा सभापति सिहले बताए । ‘
स्वास्थ्यकर्मी आफै सुरक्षित नभई उपचार गर्न असहज हुने भएकाले हामीले यो प्रदान गरको हौ ’ उनले भने । आफुहरुले अन्य सामाग्रीहरु समेत अस्पताललाई प्रदान गर्ने उनले बताए । मेसु बन्जाडेले कोरोनाको संत्रासले स्वास्थ्यकर्मी समेत असुरक्षित भएकाले बेला रेडक्रसले दिएको सामाग्रीले उपचार गर्न सहज हुने बताए । ‘ पिपिआई नहुदा स्वास्थ्यकर्मी आफै असुरक्षित छन, यस्तो बेला पाएको सहयागले उपचार गर्न सहज हुनेछ ’ उनले भने ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६