प्रदेश

सैनामैनामा राहत आदान प्रदान कार्यक्रम घोषणा,एम्बुलेन्स सेवा निशुल्क



सैनामैना १६ चैत सैनामैना नगरपालिकाले  सर्बसाधारणवाट राहतकालागि नगद र जिन्सी संकलन गर्ने र कोरोनावाट दैनिकी प्रभावितलाई वितरण गर्नेगरी राहत आदान प्रदानको कार्यक्रम घोषणा गरेको छ ।दैनिक गुजारा चलाउन अप्ठ्यारो हुने समुदायलाई सहयोग गर्न जिन्सी तथा नगद सङकलन कार्य पनि सुरु गर्ने र बितरण गर्ने सैनामैना बिपद ब्यवस्थापन समितिले निर्णय गरेको छ  । आइतवार बसेको बिपद ब्यवस्थापन समिति सैनामैनाका अध्यक्ष एव नगर प्रमुख चित्र बहादुर कार्कीको अध्यक्षतामा बैठकले सो निर्णय गरेको हो । 

        बैठकले वडा कार्यालयबाट उपभोग्य वस्तुको व्यवस्था मिलाउनुका साथै वितरण कार्य पनि वडा कार्यालयमार्फत हुने बताइएको छ ।  सैनामैना भित्र रहेका कहि कसैलाई कोरोनाको आशंका भएमा नजिकैको स्वास्थ्य चौकीमा पहिलो चरणको जाच गर्ने र आवश्यक परेकोमा सैनामैना १ मा रहेको कोरोना अस्पतालमा लैजाने ब्यवस्था समेत मिलाईएको नगर प्रमुख कार्कीले बताउनु भयो । यसका लागी मुर्गियाको हेल्थ पोष्ट , दुधराक्ष हेल्थ पोष्ट र सालझण्डी हेल्थ पोष्टमा एम्बुलेन्स सहितको ब्यवस्था रहेको जानकारी कार्कीले गराउनु भयो । 

        सैनामैना नगरपालिकाका कर्मचारीले एक साताको तलब विपद तथा प्रकोप व्यवस्थापन कोषमा राख्ने घोषणा गरेका छन । नगरपालिकाको  बैठकमा नगर प्रमुख चित्र बहादुर कार्किले जनप्रतिनिधिले पाउने सेवा सुविधामध्ये १५ दिनको सेवा, सुविधा समेत कोषमा राख्ने जानकारी दिनुभयो । “एक किलो चामल, दाल वा रु. ५० जसले जती योगदान गर्न सक्नुहुन्छ सबैको योगदानको कदर गरेर राहत सङकलन गर्नुपर्छ” नगरप्रमुख कार्किले भन्नुभयो ।  उहाँले भन्नुभयो – “उपभोग्य तथा नगद सङकलन कार्य एकद्धार प्रणालीमा हुने छ ।” 

           नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थिको नेतृत्वमा तीन दिन भित्रै नगद तथा जिन्सी सङकलन गरिने भएको छ । यसैविच, नेपाल कम्युनिष्ट पार्टी, सैनामैनाले नगरपालिकाको विपद तथा प्रकोप व्यवस्थापन कोषमा रु. १ लाख प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै व्यापार सङघ, सैनामैनाले रु. ५० हजार, सप्तऋषि बचत तथा ऋण सहकारी, सैनामैनाले रु. ५० हजार, रोटरी क्लव अफ सैनामैनाले १० क्वीन्टल चामल कोषमा प्रदान गर्ने घोषणा गरेका छन । कोरोना भाइरस (कोभिड १९) विरुद्ध मुलुकमा लक डाउनको घोषणापछि खाद्यान्न संकटको समस्यालाई समाधान गर्न सैनामैनाका साुदायिक वन तथा उपभोक्ता समिति, खानेपानी सरसफाई तथा उपभोक्ता समिति, विभिन्न संघ, संस्थाले पनि कोषमा सहयोग प्रदान गर्ने बताएका छन । 

        यसैविच सैनामैनामा रहेका नीजि मेडिकल तथा क्लिनिक लक डाउनको समयमा पनि संचालनमा नआउदा स्थानीयलाई सास्ती भएको छ । सैनामैना वडा नं ४ का दीपक अधिकारीले नीजि मेडिकल तथा क्लिनीक बन्द हुँदा दम, उच्च रक्तचाप लगायतका विरामीलाई औषधी नपाउदा अप्ठ्यारो भएको बताउनुभयो । तर बन्द भएका मेडिकल तथा क्लिनीक नगरपालिकाको निर्देशनमा नियमित संचालन गर्न आग्रह गरिएको छ । 

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६