लुम्बिनी

वाणगंगा नगरले स्थापना गरेको विपद कोषमा सहयोग उपलव्ध गराउन सुरु



 कपलिवस्तु १८ चैत्र । कपिलवस्तुको वाणगंगा नगरपालीकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि एकद्धार प्राणालीवाट मात्र वितरण गर्ने निर्णय गरे अनुसार कोषमा रकम सहित समाग्री उपलव्ध हुन शुरु भएको छ । आईतवार वसेको नगर कार्यपालीकाको वैठकले नगरको विपद व्यवस्थापन कोष मार्फत एकद्धार प्रणाली मार्फत वितरण गर्ने निर्णय गरेको थियो । अहिले सोहि निर्णय अनुसार विभिन्न संघ संस्था तथा नगर भित्र रहेका संस्थागत विद्यालयवाट सहयोग गर्न शुरु भएको छ । सोहि क्रममा नगरले स्थापना गरेको विपद व्यवस्थापन कोषमा वडा नं ४ मा रहेको होराईजन ईङलीसि वोर्डिङ स्कुलले ५० हजार वरावरको सामाग्री उपलव्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय विपदका बेला आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सहयोग उपलव्ध गराउने निर्णय भएको विद्यालयका प्राचार्य वासुदेव घिमिरेले वताउनु भयो ।

               विद्यालयले स्थापना गरेको होराईजन कल्याणकारीणी कोष र शिक्षक कर्मचारीहरुको एक दिन वरावरको तलववाट ५० हजार वरावरको चामल नगरको विपद व्यवस्थापन कोषमा उपलव्ध गराउने वताउनु भयो । कोषमा पठाईएको समाग्री पारदर्शी रुपमा समयमै लक्षित बर्गसम्म पु¥याउन पनि उहाँले आग्रह गर्नु भएको छ । यस्तो संकटका बेला आ–आफ्नो ठाउँबाट आफूसक्दो सहयोग गरेर प्रकोप ब्यवस्थापनमा स्थानिय सरकारसंग हातेमालो गर्न घिमिरेले सबैलाई आग्रह गर्नुभयो । नगरले ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुलाई सूचना प्रकाशीत गरि राष्ट्रिय वाणीज्य वैकको जितपुर शाखामा रहेको दैवी प्रकोप कोषमा जम्मा गर्न आह्वान गरेको छ । नगरले आफ्नै कोष मार्फत नगद तथा सामाग्रीलाई एकद्धार प्रकृया मार्फत सहज रुपमा वितरणका लागि यस क्षेत्रका सरोकारवाला सवै संग वैठक वसेर आह्वान समेत गरेको छ । 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६