प्रदेश

मायादेविमा क्वारेण्टाइन विरोधीको नारावाजी,विदेशवाट आएकालाई तारेख ,पालिका अध्यक्षले भने बुझाउनै सकिएन,स्थिती विग्रदै गए कर्फयू लाग्न सक्ने संकेत



कपिलवस्तु १८ चैत्र । कपिलवस्तुको मायादेविमा क्वारेण्टाइन विरोधी जनमत धेरै देखिएकोछ। मायादेवि गाउपालिकाले राखेको क्वारेण्टाइनमा आफन्तलाई राख्न नचाहाने स्थानीय र क्वारेण्टाइनमा बस्न नहाचाने मिलेर विद्रोह गरेका छन् । त्यहावाट जवरजस्ती केहि ब्यक्तिहरु वाहिरीएको समाचार प्राप्त भएको  छन् । पालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी कुर्मीले यहाँ कोहिपनि क्वारेण्टाइन वस्न चाहान्नन जताकतै क्वारेण्टाइनको विरोध गर्नेहरु नै छन् भन्नु भयो । 

मैले धेरै कोसिस गरे त्यहा भएकालाई खान वस्न र चेकजाँचको ब्यवस्था मिलाएँ तर पनि क्वारेण्टाइन विरोधीहरुले ठाउठाउमा नारा लगाउने र विरोध गर्ने स्थिती देखियो उहाले प्रष्टाउनु भयो । मायादेविमा सम्हाल्न गाह्रो भयो भनेर प्रशासन कार्यलय र प्रहरीमा जानकारी दिएको छु । उहाहरुले पनि कुनै त्यस्तो निकास दिन सक्नु भएको छैन कुर्मीले भन्नु भयो । 

        यता स्वास्थ्थ शाखा प्रमुख महेन्द्र यादवले मायादेविमा लक डाउनको समय पछि २÷३ सय मानिस आएको अनुमान गरिएको वताउदै एकातिर क्वारेण्टाइनमा जान नचाहाने अर्काे तर्फ सिधै  गाउमा जाने संपर्कमा नआउने हुदा समस्या जटिल बनेको  वताउनु भयो ।जो संपर्कमा आउनु भएको छ उहाहरु क्वारेण्टाइनमा वस्न इच्छुक देखिनु भएन त्यसैले दैनिक तारेखमा राखेर  पालिकामा १ पटक आउने गरि पठाएको छु उहाले भन्नु भयो । 

        यसैबीच सोमवार मायादेविको सेमरौटी सलमान र समसुद्धिन मुसालमान सहितका ४ जना दिल्लीवाट आए उनीहरु क्वारेण्टाइन जान चाहेनन् । गाउलले धेरै आग्रह् गरेपछि स्वास्थ्य चौकी गए तर स्वास्थ्य चौकीले तारेख दियो । यतिबेला गाउ नै आतंकित छ । यस्ता धेरै गाउ छन् जहाँ स्थिती भयाभव बन्दै गएको छ। 

        यता प्रहरी उपरिक्षक दिप शम्सेर जवाराले भन्नु भयो ९३ किमी खुला सिमावाट नेपाल भित्रने क्रम जेजे गरेपनि रोकिएको छैन । लुकिछिपी भित्रि रहेका छन् । प्रहरी एक्लैले सबै ठाउमा पुगेर नियन्त्रण गर्न सक्ने अवस्था छैन । स्थानीय सरकार छन् ।जनप्रतिनिधी छन् उनीहरु जिम्मेवार बन्न परयो जनप्रतिनिधीले  सुरक्षा माग गरे हामी दिन्छौं उहाले भन्नु भयो । यता प्रजिअ दिर्घ नारायण पौडेलले यस्तै लकडाउन नमान्ने स्थिती विकसीत हुदै गए कपिलवस्तुमा कर्फयू आदेश जारी गर्ने स्थिती आउन सक्ने वताउनु भयो । 

 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६