प्रदेश

मायादेविमा क्वारेण्टाइन विरोधीको नारावाजी,विदेशवाट आएकालाई तारेख ,पालिका अध्यक्षले भने बुझाउनै सकिएन,स्थिती विग्रदै गए कर्फयू लाग्न सक्ने संकेत



कपिलवस्तु १८ चैत्र  कपिलवस्तुको मायादेविमा क्वारेण्टाइन विरोधी जनमत धेरै देखिएकोछ। मायादेवि गाउपालिकाले राखेको क्वारेण्टाइनमा आफन्तलाई राख्न नचाहाने स्थानीय र क्वारेण्टाइनमा बस्न नहाचाने मिलेर विद्रोह गरेका छन् । त्यहावाट जवरजस्ती केहि ब्यक्तिहरु वाहिरीएको समाचार प्राप्त भएको  छन् । पालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी कुर्मीले यहाँ कोहिपनि क्वारेण्टाइन वस्न चाहान्नन जताकतै क्वारेण्टाइनको विरोध गर्नेहरु नै छन् भन्नु भयो । 

मैले धेरै कोसिस गरे त्यहा भएकालाई खान वस्न र चेकजाँचको ब्यवस्था मिलाएँ तर पनि क्वारेण्टाइन विरोधीहरुले ठाउठाउमा नारा लगाउने र विरोध गर्ने स्थिती देखियो उहाले प्रष्टाउनु भयो । मायादेविमा सम्हाल्न गाह्रो भयो भनेर प्रशासन कार्यलय र प्रहरीमा जानकारी दिएको छु । उहाहरुले पनि कुनै त्यस्तो निकास दिन सक्नु भएको छैन कुर्मीले भन्नु भयो । 

        यता स्वास्थ्थ शाखा प्रमुख महेन्द्र यादवले मायादेविमा लक डाउनको समय पछि २÷३ सय मानिस आएको अनुमान गरिएको वताउदै एकातिर क्वारेण्टाइनमा जान नचाहाने अर्काे तर्फ सिधै  गाउमा जाने संपर्कमा नआउने हुदा समस्या जटिल बनेको  वताउनु भयो ।जो संपर्कमा आउनु भएको छ उहाहरु क्वारेण्टाइनमा वस्न इच्छुक देखिनु भएन त्यसैले दैनिक तारेखमा राखेर  पालिकामा १ पटक आउने गरि पठाएको छु उहाले भन्नु भयो । 

        यसैबीच सोमवार मायादेविको सेमरौटी सलमान र समसुद्धिन मुसालमान सहितका ४ जना दिल्लीवाट आए उनीहरु क्वारेण्टाइन जान चाहेनन् । गाउलले धेरै आग्रह् गरेपछि स्वास्थ्य चौकी गए तर स्वास्थ्य चौकीले तारेख दियो । यतिबेला गाउ नै आतंकित छ । यस्ता धेरै गाउ छन् जहाँ स्थिती भयाभव बन्दै गएको छ। 

        यता प्रहरी उपरिक्षक दिप शम्सेर जवाराले भन्नु भयो ९३ किमी खुला सिमावाट नेपाल भित्रने क्रम जेजे गरेपनि रोकिएको छैन । लुकिछिपी भित्रि रहेका छन् । प्रहरी एक्लैले सबै ठाउमा पुगेर नियन्त्रण गर्न सक्ने अवस्था छैन । स्थानीय सरकार छन् ।जनप्रतिनिधी छन् उनीहरु जिम्मेवार बन्न परयो जनप्रतिनिधीले  सुरक्षा माग गरे हामी दिन्छौं उहाले भन्नु भयो । यता प्रजिअ दिर्घ नारायण पौडेलले यस्तै लकडाउन नमान्ने स्थिती विकसीत हुदै गए कपिलवस्तुमा कर्फयू आदेश जारी गर्ने स्थिती आउन सक्ने वताउनु भयो । 

 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६