लुम्बिनी

सिद्धार्थ क्याम्पसद्वारा ‘दैवी प्रकोप कोष’मा एक लाख सहयोग



कपिलवस्तु १८ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जोखिमलाई न्यूनीकरण गर्नकोलागि नेपाल सरकारले पुरै देशलाई दुइ हप्ताकोलागि लकडाउन गरेको छ । लकडाउनबाट सिर्जित विभिन्न समस्याहरुको समाधान गर्न संघीय सरकारले केहि लक्षित वर्गकोलागि राहत प्याकेज घोषणा गरेको छ भने स्थानीय सरकारहरुले पनि राहतका कार्यक्रमहरु अघि सारिरहेका छन् । सोहि क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकाले पनि ‘दैवी प्रकोप कोष’ खडा गरी राहतको कार्यलाई अघि बढाएको छ । नगरले कोषमा रकम जम्मा गरी सहयोग गर्न नगरबासी तथा विभिन्न संघसंस्थालाई आह्वान गरेसंगै सिद्धार्थ क्याम्पस बाणगङ्गाले एक लाख रकम सहयोग गरेको छ । कोषमा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले आफ्नो एक दिनको तलब बापतको ४५ हजार रकम सहयोग गरेका छन् भने क्याम्पसले संस्थागत रुपमा ५५ हजार रकम सहयोग गरेको बताइएको छ ।

          क्याम्पस प्रमुख खेमराज शर्माले राष्ट्रमा परेको कोरोना महामारीको संकटबाट सिर्जित समस्या समाधान गर्न सामाजिक उत्तरदायित्व बोध गरी क्याम्पसले आर्थिक सहयोग गरेको बताउनु भयो । त्यस्तै कोषमा होराइजन माध्यमिक विद्यालय सिद्धिपुरले ५० हजार र सिनर्जी बचत तथा ऋण सहकारी संस्थाले ४० हजार रकम सहयोग गरेका छन् त्यसैगरी कपिलवस्तु जेसीज र रोटरी क्लवले पनि आर्थिक सहयोग गर्ने बताएको नगरपालिकाका प्रशासन अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो ।कोषमा सङ्कलित रकम श्रमजीवी मजदुरलाई राहत दिन, स्वास्थ्य समस्या देखिएका नागरिकलाई क्वारेण्टाइन राख्न तथा थप उपचारको लागि जिल्ला बाहिर पठाउनको लागि परिचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बताउनु भएको छ ।

           नगरका ७ वटा वडामा स्थापना भएको क्वारेण्टाइनमा हाल ३५ वटा बेड रहेको र थप ५० बेड व्यवस्था गरि नगरले कुल ८५ बेड क्षमताका क्वारेण्टाइन छिट्टै संचालनमा ल्याउने उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भएको छ । पिपरा अस्पतालमा आईसियू सहितको २ बेडको आइसोलेसन वार्ड स्थापना भएको बताउदै मेयर मंगल प्रसाद थारुले बाणगंगाले क्वारेण्टाइन स्थापना गरेपनि केहि सञ्चार माध्यममा क्वारेण्टाइन नभएको समाचार आएकोमा दुःख लागेको बताउनु भएकोे छ ।

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६