प्रदेश

१० पालिकामा पहिलो परिणाम : बिपन्न परिवार र बिदेशवाट फर्किएकाको तथ्यांक



कपिलवस्तु १८ चैत्र । कपिलवस्तुका अरु नगरपालिकाले भन्दा पहिला वाणगंगा नगरपालिकाले विदेशबाट फर्किएका नागरिकको सूची र अति विपन्न घरपरिवारको लगत संकलन गरेको छ । नगरका अनुसार विदेशवाट फर्किएका २ सय १६ जना र विपन्न घरपरिवारको संख्या १ हजार ९ सय ५४ रहेको जनाएको छ । कोरोना भाइरसका कारण सरकारले अह्वाान गरेको लकडाउनमा कपिलवस्तुको वाणगंगा नगरपालीकाले अति विपन्न परिवारको घर परिवार सङ्ख्यासहितको तथ्याङ्क विवरण सङ्कलन गरेको छ । यसकै आधारमा राहत वितरण गर्ने नगरपालिकाले तयारी गरेकोछ । 

        दैनिक ज्यालादारीमा जीवीकोपार्जन गर्ने मजदुरहरु हुनसक्ने समस्यालाई हल गर्न वडाध्यक्षहरुमार्फत टोल विकास संस्थाले विवरण सङ्कलन गरी नगरपालिकामा पेश गरेको नगरका उप मेय चक्रपाणी अर्यालले वताउनु भयो । नगरले विश्वव्यापी महामारीको रूपमा फैलिरहको कोरोना भाइरसका कारण सरकारद्वारा गरिएको लकडाउनका कारण विपन्न वर्गका नागरिकहरुमा पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै विवरण संकलन गर्न वडाध्यक्षलाई लगाइएकोे उपमेयर अर्यालले  वताउनु भयो । 

            यस्तै नगरले विदेशबाट फर्किएका सबैलाई उच्च निगरानीमा राखिएको जनाएको छ । उहाहरु सबै वडाध्यक्षको निगरानीमा होम क्वारेण्टाइनमा हुनु हुन्छ अवस्था अनुसार उहालाई घरमै राखिएकोछ । कुनै लक्षण देखा परे वडाको क्वारेण्टाइनमा लैजाने र आवश्यक परे आइशोलुसनमा राख्ने प्रबन्ध मिलाइएको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । अहिले सम्म सम्पर्कमा आएका सवैको स्वास्थ्य अवस्था ठिक रहेकोले क्वारेन्टाईनमा राख्नु पर्ने अवस्था नआएको उहाले वताउनु भयो । भारत लगायत विभिन्न देशबाट फर्केका २ सय १६ पहिचान भएको छ आउने क्रम जारी नै रहेकाले उच्च सर्तकताकासाथ वडामा जनप्रतिनिधीहरु क्ृयासिल भएका छन् । 

             नगरमा हाल ४  जना मात्र क्वारेन्टाईनमा रहेका छन् । विभिन्न देशमा काम, अध्ययन एवम् अन्य प्रयोजनका लागि गएर फर्किएकाहरूको लगत संकलन भएको नगर प्रमुख मंगल प्रसाद थारुले वताउनु भयो । उहाँले ४ जनालाई क्वारैन्टाईमा राखिएपनि अन्य सबै होम क्वारेन्टाइनमै रहेको र अहिले सम्म सुरक्षित भएको वताउनु भयो ।  उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सबै जना होम क्वारेन्टाइनमा बसेको उहाँको भनाई छ । 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६