अन्तर्राष्ट्रिय

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती कोरोना भाइरसः राष्ट्रसंघ



एजेन्सी, १९ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड–१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताउनु भएको छ । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो धारणा राख्नु भएको हो । कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना व्यापक छ । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुट्रेसले रिपोर्ट सार्वजनिक गर्दै उल्लेख गर्नुभएको छ । 

        कोरोनाले निम्न र मध्यमस्तरका देशहरुलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी दिनुभयो । कोरोना भाइरसले समाजका सबैजसो अंगलाई आक्रमण गरेको बताउँदै  समन्वयकारी स्वास्थ्य सतर्कता अपनाएर महामारी अन्त्यका लागि भूमिका खेल्न पनि सबैलाई आग्रह गर्नुभयो । कोरोना भाइरसको विश्वव्यापी प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले विशेष सतर्कता अपनाइरहेका छन् भने विश्व नै लकडाउनको अवस्थामा रहेको छ ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६