कपिलवस्तु १९ चैत्र । आज बुधबार चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउनु घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ ।वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
१९ चैत्र २०७६, बुधबार
प्रतिक्रिया