लुम्बिनी

कोरोनाबाट जोगिन विजयनगरको गजवको आइडिया । विदेशबाट आएका चिन्न घरमा रातो क्रस ।



कपिलवस्तु

कोरोनाको जोखिम कम
गर्न कपिलवस्तुको विजयनगर गाउ पालिकाले नमुना मुलक काम गरेको छ । देश वाहिरवाट
आएका मानिसवाट सजग हुनका लागी गाँउपालिकाले घरमा रातो चिन्ह लगाएको छ ।
क्वारेन्टाईनमा नबस्ने करिव ४५६ घरमा रातो क्रस लगाईएको हो । सवै वडामा वाहिर वाट
आएकाको पहिचान गरीएको छ ।

होम क्वारेन्टाईनमा
वस्नेको घर पहिचान गर्न रातो क्रस लगाएको हो । कोरोनाको प्रकोप भएका क्षेत्र भारत
र अन्य देशबाट घर फर्किएकाका घरमा रातो क्रस लगाईएका छौ । संक्रमण नहोस भनी सवैलाई
सुरक्षित गर्नका लागी यो विधि अपानाईएको हो । घरको अगाडी रातो क्रस देखे पछी
सवैलाई थाहा हुन्छ उहाहरु वाहिर वाट आएको भन्ने । पहिचान भए पछी सवै सजक हुन्छन
गाउँपालिका अध्यक्ष गोपाल वहादुर थापाले प्रेसपाटीलाई वताउनु भयो ।
 
यसैगरि गरिव र बिपन्न ७०० परिबार लाइ गाउपालिकाले चामल ,तेल नुन दाल लगायतका खाध्यान्न बितरण गर्ने
तयारी गरिरहेको गांउपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दि
नु भयो ।  

बिजयनगर गाउँपालिका मा ३वटा
क्वारेन्टाइन निर्माण भएका छन्
। वार्ड नं १, २,र ४ को गुगौलि मा ५३ जना, वार्ड नं ३ ,५
र७ को गणेसपुर मा ३७ जना र वार्ड नं
६को जुटपनिया मा १७ जना गरि १०७ जना
क्वारेन्टाइन मा बसेका छन्
। सो को भित्री
ब्यवस्थापन मा गा पा को स्वास्थ तर्फका कर्मचारी र कार्यालय सहयोगि गरि ३० जना
प्रतक्ष्य रुपमा खटिएको गा पा का स्वास्थ संयोजक यज्ञ अधिकारी ले जानकारी दिए।

तीन स्थानमा वाइफाइ सहित
खानाको ब्यवस्थापन
भएको छ । घरमा रातो लगाएका कारण गाउँका सवैले थाहा पाएका छन
। गाउँपालिकाले वाहिर आउनेको विवरण तयार गरेकोले योजना वनाउनु सहज भएको
प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले
जानकारी दिनु भयो
। वार्ड नं१ मा ९३, वार्ड न २ मा ७५, वार्ड
नं ३ मा ५३
,
वार्ड नं ४ मा
६२
,
वार्ड नं ५मा ७९ , वार्ड नं ६मा ३७र वार्ड नं ७ मा ३७ गरि ४३६ जना
बाहिरबाट अाएका मान्छे का घरहरुमा रातो क्रसिङ चिन्ह लगाइएको
छ ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६