लुम्बिनी

कोरोनाबाट जोगिन विजयनगरको गजवको आइडिया । विदेशबाट आएका चिन्न घरमा रातो क्रस ।



कपिलवस्तु

कोरोनाको जोखिम कम
गर्न कपिलवस्तुको विजयनगर गाउ पालिकाले नमुना मुलक काम गरेको छ । देश वाहिरवाट
आएका मानिसवाट सजग हुनका लागी गाँउपालिकाले घरमा रातो चिन्ह लगाएको छ ।
क्वारेन्टाईनमा नबस्ने करिव ४५६ घरमा रातो क्रस लगाईएको हो । सवै वडामा वाहिर वाट
आएकाको पहिचान गरीएको छ ।

होम क्वारेन्टाईनमा
वस्नेको घर पहिचान गर्न रातो क्रस लगाएको हो । कोरोनाको प्रकोप भएका क्षेत्र भारत
र अन्य देशबाट घर फर्किएकाका घरमा रातो क्रस लगाईएका छौ । संक्रमण नहोस भनी सवैलाई
सुरक्षित गर्नका लागी यो विधि अपानाईएको हो । घरको अगाडी रातो क्रस देखे पछी
सवैलाई थाहा हुन्छ उहाहरु वाहिर वाट आएको भन्ने । पहिचान भए पछी सवै सजक हुन्छन
गाउँपालिका अध्यक्ष गोपाल वहादुर थापाले प्रेसपाटीलाई वताउनु भयो ।
 
यसैगरि गरिव र बिपन्न ७०० परिबार लाइ गाउपालिकाले चामल ,तेल नुन दाल लगायतका खाध्यान्न बितरण गर्ने
तयारी गरिरहेको गांउपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दि
नु भयो  

बिजयनगर गाउँपालिका मा ३वटा
क्वारेन्टाइन निर्माण भएका छन्
। वार्ड नं १, , ४ को गुगौलि मा ५३ जना, वार्ड नं ३ ,
र७ को गणेसपुर मा ३७ जना र वार्ड नं
६को जुटपनिया मा १७ जना गरि १०७ जना
क्वारेन्टाइन मा बसेका छन्
सो को भित्री
ब्यवस्थापन मा गा पा को स्वास्थ तर्फका कर्मचारी र कार्यालय सहयोगि गरि ३० जना
प्रतक्ष्य रुपमा खटिएको गा पा का स्वास्थ संयोजक यज्ञ अधिकारी ले जानकारी दिए।

तीन स्थानमा वाइफाइ सहित
खानाको ब्यवस्थापन
भएको छ । घरमा रातो लगाएका कारण गाउँका सवैले थाहा पाएका छन
। गाउँपालिकाले वाहिर आउनेको विवरण तयार गरेकोले योजना वनाउनु सहज भएको
प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले
जानकारी दिनु भयो
। वार्ड नं१ मा ९३, वार्ड न २ मा ७५, वार्ड
नं ३ मा ५३
,
वार्ड नं ४ मा
६२
,
वार्ड नं ५मा ७९ , वार्ड नं ६मा ३७र वार्ड नं ७ मा ३७ गरि ४३६ जना
बाहिरबाट अाएका मान्छे का घरहरुमा रातो क्रसिङ चिन्ह लगाइएको

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६