ब्रेकिंग न्युज

कपिलवस्तुमा प्रहरी हिरासत भित्रै आत्महत्या



कपिलवस्तु,२० चैत । कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई वलत्कार गरेको आरोपमा वाणगंगा नगरपालीका वडा नं ८ वाट प्रकाउ परेका उभियुक्तले आत्महत्या गरेका हुन् । वुधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्म हत्या गरेका हुन् । कोरना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको प्रहरी निरिक्षक आयुस प्रसाद जोसिले जानकारी दिनु भयो ।

प्रहरी हिरासतमा रहेका वन्दीहरु रातीको समयमा प्रहरी कार्यालय भित्रकै सौचालय प्रयोग गर्ने र डिउटी गर्ने प्रहरी प्राय वाहिरी भागमा रहने भएकोले उक्त घटना आज विहान मात्र सार्वजनिक भएको हो । अर्का एक जना थुनुवा सौचालय जान खोज्दा नखुलेपछि थुनुवाले प्रहरीलाई जानकारी गराएपछि घटना वाहिर आएको हो । ईलाकामा घटना भएकोले सो घटनाको चेकजाँच र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय तौलीहवावाट प्रहरी नायव उपरिक्षक सुनिल मल्लको नेतृत्वमा टोली आईपुगेको छ । घटना स्थलमा कोहि पनि प्रवेश नगरि यथास्थितीमा राखिएको र सम्वन्धीत मृतकका घरपरिवार र संचारकर्मिलाई वोलाईएको निरिक्षक जोसिले वताउनु भयो । अभियुक्तले केहि समय अघि वारम्वार आफ्नै छोरीलाई वलत्कार गरेको आरोपमा प्रकाउ परेर अनुसन्धान जारी राखेको थियो । 

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६