लुम्बिनी

कोरोना भाइरसको परीक्षण सफल



कास्की २० चैत्र ।  गण्डकी प्रदेशको राजधानी पोखराबाट सुरु भएको कोरोना भाइरसको परीक्षण सफल भएको छ । मंगलबार बिहान ल्याइएको पीसीआर मेशिन जडान भएसँगै परीक्षण सुरु गरिएको र सफल भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो । बिहीबारसम्ममा ७ जनाको स्वाब परीक्षण गरिएको छ । ७ जना मध्ये १ जनाको नेगेटिभ रिपोर्ट आएको उहाँको भनाइ छ । बाँकी ६ जनाको परिक्षणकै क्रममा रहेको शर्माले जानकारी दिनुभयो । सुरुवाती समय भएकोले केही ढिला भएको उहाँको भनाइ छ । ‘७ जनाको परीक्षण गरिसकेपछी यकिनको लागि फेरी एकपटक काठमाण्डौ पठाउँछौ’, उहाँले भन्नुभयो, ‘हामी सुरुवाती समयमा छौ कन्फर्मको लागि केही स्याम्पल काठमाण्डौ पठाउन लागेका हौं ।’ गण्डकी प्रदेशको लागि ल्याईएको पीसीआर मेसिनमा अहिले कास्की, बाग्लुङ, म्याग्दीको बिरामीको स्वाब परीक्षण गरिएको छ । स्याङ्जाबाट पनि नमुना परीक्षणको लागि आउदै गरेको शर्माले बताउनुभयो ।

       नयाँ पीसीआर मेशिनले १ घण्टामा १ जनाको कोरोना परीक्षण गर्न सक्छ । दर्ता गर्नुपर्ने स्याम्पल लिनुपर्ने हुदाँ दिनमा ७ ८ वटा स्वाब परीक्षण गर्न सकिने उहाँको भनाइ छ । कोरोना जाँच्ने पीसीआर मेसिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा जडान गरिएको छ ।मेसिन चलाउन काठमाण्डौबाट एक हप्ताको लागि २ जना दक्ष प्राविधिकहरु आएको बताउदै निर्देशक शर्माले पूर्ण सुरक्षाका साथ ल्याबबाट कोरोना परीक्षण हुने बताउनुभयो । पोखराका ल्याब टेक्निसियनहरुले सिक्दै गरेकोले आवश्यक परेको खण्डमा काठमाण्डौबाट आउनुभएको प्राविधिकहरु २÷३ महिना पोखरा बसेर सिकाउने बताउनुभयो । पीसीआर मेसिन पोखरा आउनु गण्डकी प्रदेशको जनताको लागि खुसीको कुरा भएको बताउँदै परीक्षणको लागि नमुना काठमाण्डौ पठाउनुपर्ने बाध्यता हटेकोले बिरामीले छिटो उपचार पाउने उहाँको भनाइ छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६