ब्रेकिंग न्युज

छैठौं संक्रमित फेला ,कतार एयरवाट चैत्र ४ मा आएको पुष्टि को हुन् ती ब्यक्ति ?



काठमाण्डौ २० चैत्र । चैत्र ४ गते कतार एयरको क्युआर ६५२ मा यात्रा गरेका अर्का यात्रुमा पनी कोरोनाको संक्रमण देखिएको छ । स्वास्थय मन्त्रालयले मिडिया विफ्रंगमा वोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ६ पुगेको जानकारी दिनु भयो । सो विमानमा यात्रा गरेकालाई कोरोना भएको यो तेस्रो केस हो । नेपालमा कोरोना भेटीए मध्ये दोस्रो , पाचौ र छैठौ चैत्र ४ गते कतार एयर वाट यात्रा गरेका थिए ।
         देवकोटाका अनुसार आज विहान सम्म ११८५ जनाको कोरोना परिक्षण भएको छ । संक्रमित सवैजनाको स्वास्थय स्थिती सामान्य रहेको वताईएको छ । संक्रमित मध्ये टेकु अस्पतालमा २ जना सेती प्रादेशिक अस्पतालमा १ जना धौलागिरी अंचल अस्पतालमा १ जनाको उपचार भई रहेको छ नेपालको छैटौं कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।

        अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् ।दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नु भएको रहेछ । सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी थिइन्’ एक अधिकारीले भने ।बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।तर संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६