प्रदेश

कोरोना बिरामी खोज्दै डाक्टर टोली बस्तीमा, जेसिसको यस्तो अभियानले बनायो स्थानीयलाई उत्साहित



कपिलवस्तु २० चैत्र ।कोरोना भाईसर (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन जारी रहेको बेला कपिलवस्तुको वाणगंगा घरघरमा डक्टर अभियान चलेको छ । कतिपय नीजि र सरकारी अस्पत्तनलका  चिकित्सक ज्वरो आएको विरामी भन्दा साथ नजिक नपर्ने गरेको चर्चाका बीच जेसिसले घरघरमा चिकित्सकको टीम सहित पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँच गर्ने अभियान चलाएको हो ।  चिकित्सकको  टिम पनि जेसिका युवाहरु रहने गरेका छन् । युवाहरुको यस्तो अभियानवाट नगरका वडावासिहरु पनि उत्साहका साथ सहयोग गरेका छन् । 

                अभियानको नेतृत्व कपिलवस्तु जेसीसले गरेको हो । जेसीस वर्ष २०२० का अध्यक्ष मनोज कमार क्षेत्रीको नेतृत्वको युवाटोलीले घर घरमा डाक्टर अभियान अन्तर्गत अहिले नागरिकहरुलाई सचेतना गर्दै अगाडी वढेको हो । जेसीसको युवा टोलीले वाणगंगा नगर संगको समन्वय तथा राजापानी सामुदायिक वन, कपिलवस्तु सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा वडा नं ३ मा घरघरमा डाक्टर अभियान मार्फत घरदैलो कार्यक्रम संचालन गरेको हो ।

            अभियान अन्तर्गत वुधवार र विहिवार २ सय वढि घरमा कपिलवस्तु सामुदायिक अस्पतालका डाक्टरद्धेय दिपेन्द्र चन्द र दुर्गा भुसालले नागरिकहरुलाई घरमै गई प्रत्यक्ष रुपमा स्वास्थ्य जाँच गर्नु भएको हो  । आफु पनि सुरक्षित हुने र नागकिलाई पनि कोरोना भाईरसको जानकारी दिने र उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउनका लागि वडा नं ३ का २ सय वढि घरघरमा गएको अध्यक्ष मनोज कुमार क्षेत्रीले वताउनु भयो । अभियानका लागि जेसीसमा आवद्ध पदाधिकारी तथा पुर्व अध्यक्ष गोपालमणी ज्ञवाली, राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अघिकारीको समेत सहभागीता रहेको थियो । जेसीसले यस अभियानलाई अन्य वडामा पनि लैजाने तयारी भईरहेको जनाएको छ । 

 

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६