प्रदेश

स्वास्थ्य क्लिनिककालागि २ विकल्प सदाकालागि बन्द की यसपाली पनि खुला ? सबैले रोजे दोश्रो विकल्प



सैनामैना, २१ चैत । सैनामैनामा सङ्कलन गरेकोे राहत शुक्रवारदेखि वितरण गर्न सुरु गरिएको छ । सैनामैना नगरपालिकाको ११ वटै वडा कार्यालयले व्यक्तिगत रुपमा सङ्कलन गरेको विभिन्न खाद्यान्न वितरण गरेको सैनामैना ६ का वडाध्यक्ष बसन्त पाण्डेले जानकारी दिनुभयो ।यता बन्द रहेका स्वास्थ्य किलनिकलाई यस्तो बेलामा बन्द गरे सदाकालागि बन्द गर्ने ब्यवस्था मिलाउन अन्यथा यसपाली पनि बन्द नगर्न नगरेको गरेको कडाईप्रति अधिकांस मेडिकल लकडाउनमा पनि सूचारु गर्न संचालक सहमत भएका हुन् ।      वडाका दलित समुदायका विपन्न परिवार लगायत ५५ परिवारलाई १० किलोग्राम चामल, १ किलोग्राम नून र १ लिटर खाने तेलका दरले वितरण गरिएको जानकारी दिनु भयो । 

    दैनिक ज्यालादारीमा काम गरेका विपन्न समुदायका परिवार छनौट गरेर  राहत वितरण गरिएको सैनामैना ७ का वडा अध्यक्ष डिलाराम बेलबासेले जानकारी दिनुभयो । बिपदको समयमा खाद्यान्न पाएकोमा बाँच्ने आधार भएको सैनामैना ७ का जुठे थारुले बताउनु भयो । स्थानिय सरकार रहेको र दुःखमा साथ दिने महसुस समेत भएको थारुको प्रतिक्रिया थियो ।  

    सैनामैना नगरपालिकाले आफ्ना ११ वटा वडा कार्यालयमा विपद तथा प्रकोप व्यवस्थापन कोषबाट वितरण गर्ने राहत सबै वडा कार्यालयमा पठाउने तयारी गरिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । सबै वडा कार्यालयका लागि १ सय २० क्विन्टल चामल, १२ क्विन्टल दाल, १२ क्विन्टल नुन, १ हजार दुईसय लिटर तेल र त्यत्ति नै मात्रामा साबुन वडा कार्यालयमा पठाउने गरी ब्यवस्था मिलाईएको समेत कार्कीले जानकारी गराउनु भयो । 

        यसका लागी सैनामैनामा राहत बितरण समिति बनेको र समितिको बैठक राखी आवश्यक कार्य योजना बनाईएको समेत बताउनु भयो ।त्यसैगरी सैनामैना नगरपालिकामा रहेका नीजि मेडिकल तथा क्लिनीक खुला राख्न नगरपालिकाले आज निर्देशन दिएको छ ।  नगरपालिकाका उप–प्रमुख विना रानाको संयोजकत्वमा बसेको नगर स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्देशन दिए लगतै नगर भित्रका निजि क्लिनिक, मेडिकल र अस्पतालमा अनुगमन गरिएको हो । 

       केही बन्द क्लिनिकहरुलाई तत्काल खुलाईएको थियो । उहाँले अब आर्को पटकको अनुगमनको क्रममा मेडिकल खुला नभएको पाइए कारवाही हुने चेतावनी दिनुभयो । अनुगमनमा उपभोत्ता हित संरक्षण मञ्चका महासचिव दिनेश पन्थी, सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डे, सैनामैना उवासंघका राज बहादुर क्षेत्री, सैनामैनाका चिकित्सक प्रकाश खरेल, स्वास्थ्य संयोजक हेमराज पन्थी लगायतको सहभागीतामा नगरमा अनुगमन गरिएको थियो ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६