अन्तर्राष्ट्रिय

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, अमेरिकामा ३ लाख बढी संक्रमित



एजेन्सी, २३ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कहर बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ ।  १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

         कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ ।  त्यस्तै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमण दर उच्च  छ । स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६