अन्तर्राष्ट्रिय

कोरोनाबाट भारतमा संक्रमित हुने बढ्दै ३१ सय नाघ्यो



एजेन्सी, २३ चैत । इन्डिया मेडिकल काउंसिल रिसर्चका अनुसार  भारतमा कोरोना वाइरस संक्रमण ३१ सय १३ जना पुगेका छन् ।  स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।  विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ ।  १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

        विश्वका २०६ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५०४ जनाले ज्यान गुमाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६