प्रदेश

स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र पत्रकारको स्वास्थ्य जोखिम घटाउने प्रयास



कपिलवस्तु २३ चैत्र स्वास्थ्यकर्मीकालागि ब्यक्तिगत सुरक्षा उपकरण, प्रहरी र पत्रकारका लागि मास्क ,सेनेटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले यी तीनवटा निकायलाई ती सामाग्री हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणका कारण सिंगो  देश लक डाउनमा  रहेका वखत सरकारको आवश्यक निति र निर्देशन अनुसार विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने प्रहरी र जनतालाई सूसूचित गर्न कृयासिल संचारकर्मीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गरिएको सांसद पन्थीको भनाई छ  ।

        यस अघि चैत्रको दोश्रो हप्तामा सरकारी र सामुदायिक अस्पताल, प्रहरी र सञ्चार गृहलाई यस्तै सामाग्री वितरण गर्नु भएका पन्थीले दोश्रोचरणमा नीजि अस्पताल, प्रहरी र नेपाल पत्रकार महासंघ कपिलवस्तुलाई  सामाग्री हस्तान्तरण गर्नु भएको हो ।  ज्वरो आएको विरामी अस्पत्तालमा आउदा समेत हेर्न नसक्ने गरी स्वास्थ्य जोखीममा परेका नीजि अस्पत्ताललाई लक्षित गरेर बाणगंगाको युनाइटेड हस्पीटल र सिएण्ड सि हस्पीटलका  चिकित्सकलाई आवश्यक पर्ने पिपिई उपलब्ध भएको हो । यस्तै नेपाल पत्रकार महासंघ मार्फत जिल्लाभरका सबै संचारकर्मीलाई  मास्क र केहि थान सेनिटाइजर समेत उपलब्ध गराइको छ। 

            संकटका बेला  पत्रकार चुप लागेर बस्न नहुने र खोजेको ठाउँमा मास्क र सेनिटाइजर नपाउने अवस्थामा सांसद पन्थीले ध्यान पुराएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले  यस्तै चासो सबै तहका जिम्मेवार सरकार र सांसदहरुले दिन सके उत्तम हुने तर्क गर्नु भयो । कपिलवस्तुमा ४ सरकारी अस्पताल,५  नीजि अस्पताल संचालनमा छन् ।  नेपाल प्रहरीमा करिव ८ सय जनशक्ति कृयासिल छ । पत्रकार महासंघमा करिब १५० जना साधारण सदस्य रहेका छन् । यी सबैमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य उपकरणको अभाव देखिदै आएको छ । यस्तै गरि अन्य ब्यक्ति र निकायको  ध्यान पुगेमा अत्याबश्यक सेवादिनेहरु सुरक्षित हुन सक्छन् ।  

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६