कपिलवस्तु २३ चैत्र ।स्वास्थ्यकर्मीकालागि ब्यक्तिगत सुरक्षा उपकरण, प्रहरी र पत्रकारका लागि मास्क ,सेनेटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कपिलवस्तुका प्रदेश सांसद विष्णु पन्थीले यी तीनवटा निकायलाई ती सामाग्री हस्तान्तरण गर्नु भएको हो । कोरोना संक्रमणका कारण सिंगो देश लक डाउनमा रहेका वखत सरकारको आवश्यक निति र निर्देशन अनुसार विरामीको उपचारमा खट्ने स्वास्थ्यकर्मी,सुरक्षामा खटिने प्रहरी र जनतालाई सूसूचित गर्न कृयासिल संचारकर्मीको स्वास्थ्य जोखिम घटाउन यस प्रकारका सामानहरु वितरण गरिएको सांसद पन्थीको भनाई छ ।
यस अघि चैत्रको दोश्रो हप्तामा सरकारी र सामुदायिक अस्पताल, प्रहरी र सञ्चार गृहलाई यस्तै सामाग्री वितरण गर्नु भएका पन्थीले दोश्रोचरणमा नीजि अस्पताल, प्रहरी र नेपाल पत्रकार महासंघ कपिलवस्तुलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो । ज्वरो आएको विरामी अस्पत्तालमा आउदा समेत हेर्न नसक्ने गरी स्वास्थ्य जोखीममा परेका नीजि अस्पत्ताललाई लक्षित गरेर बाणगंगाको युनाइटेड हस्पीटल र सिएण्ड सि हस्पीटलका चिकित्सकलाई आवश्यक पर्ने पिपिई उपलब्ध भएको हो । यस्तै नेपाल पत्रकार महासंघ मार्फत जिल्लाभरका सबै संचारकर्मीलाई मास्क र केहि थान सेनिटाइजर समेत उपलब्ध गराइको छ।
संकटका बेला पत्रकार चुप लागेर बस्न नहुने र खोजेको ठाउँमा मास्क र सेनिटाइजर नपाउने अवस्थामा सांसद पन्थीले ध्यान पुराएको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले यस्तै चासो सबै तहका जिम्मेवार सरकार र सांसदहरुले दिन सके उत्तम हुने तर्क गर्नु भयो । कपिलवस्तुमा ४ सरकारी अस्पताल,५ नीजि अस्पताल संचालनमा छन् । नेपाल प्रहरीमा करिव ८ सय जनशक्ति कृयासिल छ । पत्रकार महासंघमा करिब १५० जना साधारण सदस्य रहेका छन् । यी सबैमा मास्क सेनिटाइजर लगायतका स्वास्थ्य उपकरणको अभाव देखिदै आएको छ । यस्तै गरि अन्य ब्यक्ति र निकायको ध्यान पुगेमा अत्याबश्यक सेवादिनेहरु सुरक्षित हुन सक्छन् ।
प्रतिक्रिया