प्रदेश

बिजयनगरमा एकैसाथ २ पीडा,अग्नी पीडित बीच पुगे २ ठूला गैसस



 

चन्द्रौटा २३ चैत्र । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न १ गुगौलीमा शुक्रबार लागेको आगलागी प्रभावितलाई केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रले २५ घरधुरीलाई  आज राहत समग्री  वितरण गरेका  छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कोभिड १९का कारण सरकारले लकडाउ गरेको अस्थामा आगलागि भएका घरधुरीलाई विपतको बेला गाउपालिकामा आएर राहत वितरण गर्ने केयर नेपाल र  सिद्धार्थ सामाजिक विकास केन्द्रलाई गाउपालिका अध्यक्ष गोपाल बहादुर थापालेल धन्यवाद दिदै यो राहतले धेरै सहयोग पुग्ने बताउनु भयो । 

  सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले विपतको बेलामा सहयोग गर्ने सबैको कर्तव्य हो ।  यो विपतमा  आफनो संस्थाको सहयोगले केहि भए पनि राहत मिल्ने भएकोले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । संस्थाले दैनिक उपयोगमा आउने खाद्यान्न सामग्री बाहेकका अन्य राहत प्याकेज अन्तरगतका   सामान बितरण गरेको अध्यक्ष आचार्य बताउनु भयो । संस्थाले अन्य ठाउँमा पनि राहतका सामाग्री वितरण गर्दै आएको बताउनु भयो । 

    राहत सामग्री  पाए पछि केही दिनको लागि भएपनि  सहज भएको भन्दै आगलागि प्रभावित परिवारले खुसी ब्यक्त गरेका थिए । आगलागी प्रभावितलाई बिभिन्न् सं संस्थाले सहयोग गर्दै आएकोले गाउँपालिलाई धेरै सहयोग पुगेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । 

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६