चन्द्रौटा २३ चैत्र । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा न १ गुगौलीमा शुक्रबार लागेको आगलागी प्रभावितलाई केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रले २५ घरधुरीलाई आज राहत समग्री वितरण गरेका छ । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कोभिड १९का कारण सरकारले लकडाउ गरेको अस्थामा आगलागि भएका घरधुरीलाई विपतको बेला गाउपालिकामा आएर राहत वितरण गर्ने केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रलाई गाउपालिका अध्यक्ष गोपाल बहादुर थापालेल धन्यवाद दिदै यो राहतले धेरै सहयोग पुग्ने बताउनु भयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले विपतको बेलामा सहयोग गर्ने सबैको कर्तव्य हो । यो विपतमा आफनो संस्थाको सहयोगले केहि भए पनि राहत मिल्ने भएकोले सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । संस्थाले दैनिक उपयोगमा आउने खाद्यान्न सामग्री बाहेकका अन्य राहत प्याकेज अन्तरगतका सामान बितरण गरेको अध्यक्ष आचार्य बताउनु भयो । संस्थाले अन्य ठाउँमा पनि राहतका सामाग्री वितरण गर्दै आएको बताउनु भयो ।
राहत सामग्री पाए पछि केही दिनको लागि भएपनि सहज भएको भन्दै आगलागि प्रभावित परिवारले खुसी ब्यक्त गरेका थिए । आगलागी प्रभावितलाई बिभिन्न् सं संस्थाले सहयोग गर्दै आएकोले गाउँपालिलाई धेरै सहयोग पुगेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
प्रतिक्रिया