अन्तर्राष्ट्रिय

ठुलो स्वरले हल्ला गरेको निहुँमा गोली हानेर हत्या


२४ चैत्र २०७६, सोमबार


रुस २४ चैत्र ।  रुसमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरबाहिरको सडकमा बसेर ठूलो स्वरले हल्ला गरेको निहुँमा पाँच जनाको गोली हानेर हत्या गरेका छन् ।अधिकारीहरुका अनुसार कोरोना भाइरस कोभिड १९ का कारण स्थानीयवासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउको सडकमा बसेर ठूलो स्वरले हल्ला गरिरहेका थिए । ज्यान गुमाएकाहरुमा चार जना पुरुष र एक जना महिला छन् । यो घटना शनिबार राति १० बजेतिर भएको थियो ।राजधानी मस्कोबाट दक्षिण–पूर्व झण्डै दुई सय किलोमिटर टाढाको र्‍याजन क्षेत्रको यलात्मा गाउँमा यो घटना भएको अधिकारीहरुले बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ ।  

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे