प्रदेश

स्वास्थ्य सस्थामा पिपिईको अभाव घट्दै,उपलब्ध गराउने सांसद पन्थीको अभियान बुद्धभूमी र कवनपा सम्म विस्तार



कपिलवस्तु २४ चैत्र कपिलवस्तुका स्वास्थ्य सस्थाहरुमा पिपिईको उपलब्धता बढ्दै गएको छ । प्रदेश सांसद विष्णु पन्थीले जिल्लाका विभिन्न स्वास्थ्य सस्थाहरुमा पिपिई उपलब्ध गराउने क्रम जारी राखेपछि यस्तो अवस्था आएको हो । सांसद पन्थीले बुद्धभूमि नगरपालिकाकालागि मेयर केशव कुमार श्रेष्ठलाई १६ थान पिपिई उपलब्ध गराएको जानकारी दिनु भयो । 

            यसैगरि कपिलवस्तु नगरपालिका ९को निग्लीहवा स्वास्थ्य चौकीकालागि ७ थान ,मोतिपुर र कोपवा स्वास्थ्य चौकीका लागि ५/५  थान पिपिई उपलब्ध गराएको सांसद पन्थीले प्रेसपाटीलाई जानकारी  दिनु भयो । यसैगरी जिल्लाका अन्य स्वास्थ्य सस्थाहरुमा समेत पुराउन आफूले पहल गर्ने उहाले वताउनु भयो । यता चिकित्सकीय ब्यक्तिगत सुरक्षा उपकरण पिपिई अभावमा कुनैपनि ज्वरोका विरामी आउदा हेर्न नसकिने अवस्था रहेकोमा सांसद पन्थीको पहलमा पाएपछि स्वास्थ्यकर्मीको आत्मवल बढेको निग्लीहवा स्वास्थ्य चौकीम इन्चार्ज हरेराम चौधरीले वताउनु भयो । यता बुद्ध भूमिका मेयर केशव कुमार श्रेष्ठले पनि पिपिई अभाव देखेपछि सांसद पन्थीलाई अनुरोध गरेको वताउदै आंशिक आबश्यक्ता पुरा भएको औल्याउनु भयो । अझै धेरै ठाउमा अभाव कायमै रहेको मेयर श्रेष्ठको भनाइछ ।

        कपिलवस्तुको पिपरा अस्पत्ताल र कपिलवस्तु सामुदायिक अस्पत्तालवाट शुरु भएको पिपिई उपलब्ध गराउने सांसद पन्थीको अभियानले कपिलवस्तुमा स्वास्थ्य कर्मीको सुरक्षा जोखिम घटाएको नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाईले वताउनु भयो ।  

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६