तौलिहवा २४ चैत्त ।ज्वरो आएका विरामीसंग चिकित्सक डराएर उपचार गर्न नमान्दा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं ७ रंगपुरकी ३८ बर्षीय कलामुन निशाको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजले उपचार गर्न अस्वीकार गरेपछि मृत्यु भएको हो ।
आइतबार राति ज्वरोले च्यापेपछि निशालाई ११ वजे कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । त्यहाँ अस्पतालले इमरजेन्सीमा भर्ना गरेर आधा घण्टा राखेपछि ज्वरो बढ्दै जाँदा भैरहवाकालागि रिफर गरेको थियो । भैरहवा मेडिकल कलेजले उनलाई भर्ना नलिए पछि राती घरमै फर्काइएको थियो । पुनः विहान पख कपिलवस्तु अस्पताल ल्याएको स्थानीय अब्दुल महिद खाँले बताउनुभयो ।
मृतक निशालाई ६ दिन पहिला ज्वरो आएपछि स्थानीय मेडिकलवाट ल्याव परिक्षण विना टाइफाइडको औषधी खुवाइएको थियो । टाईफाइट भएको भन्दै स्थानीय मेडिकलले दिएको अषधिले काम नगरेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको स्थानीय करम हुसेन खाँले बताउनुभयो । सामान्य ज्वरो आएका विरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको यशोधरा ७ का वडा सचिव हलिम मुसलमानले दावि गर्नुभयो ।
तौलिहवा अस्पत्तालमा विरामी पहिलो पटक आउदा आफूले चेकजाँच गरेर आधा घण्टा सम्म ज्वरो रोक्ने सबै प्रयास गरेपनि नसकेपछि भैरहवालाई रिफर गरेको डा. गणेश क्षेत्रीले वताउनु भयो । आज विहान पख ल्यादा अन्तिम अवस्थामा विरामी पुगको र केहि गर्न सक्ने स्थिती नै नरहेको उहाले वताउनु भयो । सायद चेकजाँच विना टाइफाइडको उच्च डोजको औषधी चलाएपछि यस्तो भएको हुनु पर्छ उहाले भन्नु भयो ।
अस्पत्तालले भर्ना गर्न मानेन र चिकित्सकले चेकजाँच गरेनन भन्ने आरोप निराधार हो । मसंग चेकजाँच गरेका प्रमाण अस्पत्तालमा सुरक्षित छन् । विरामीको अवस्था हेरेर छिटै भैरहवा रिफर गरेर जवाफदेहीता पूर्ण काम गरेको हु डा. क्षेत्रीले दावि गर्नु भयो । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले तौलिहवा अस्पत्तालमा विरामीलाई अस्पतालले भर्ना नगरेको चिकित्सकले चेकजाच नगरेको भन्नु गलत हो भन्नु भयो ।
भैरहवाले भर्ना लिन नमानेर गैर जिम्मेवारी ब्यवहार देखाएछ त्यसलाई कारावहीको दायरामा ल्याउन उचित पहल गरिनेछ भन्दै तौलिहवा अस्पत्तालवाट गैर जिम्मेवारी पूर्ण ब्यवहार नभएको आफूले पाएको प्रष्टाउनु भयो ।
प्रतिक्रिया