प्रदेश

कपिलवस्तुको वाणगंगामा कोरोना रोकथाम र नियन्त्रणका लागि घरदैलो चल्दै ,३ वडाका १५ सय किशोर किशोरीद्धारा ३ हजार घरपरिवारलाई सचेतना गराउदै



कपिलवस्तु २५ चैत्र । कोरोना भाईरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले लकडाउन जारी राखेका बेला कपिलवस्तुको वाणगंगा नगरका किशोर किशोरीहरु रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रममा लागेका छन् । घरघरमा पुगेर कोरोनाका लक्षणवारे सचेतना फैलाउने र आवश्यक देखिए चेकजाँचका लागि नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै किशोर किशोरीले अभियान चलाएका हुन् । वुवाआमाहरुले पनि सहयोग गर्दै छोराछोरीको यस्तो कार्यलाई उत्साह थपेका छन् । हिजो कुनै काम गर भन्दा घरमै वस्ने आफ्ना छोराछोरी अहिले कोरोना भाईरसको संक्रमणको समयमा आफु पनि सुरक्षित हुदै समुदायलाई सुरक्षित वनाउनका लागि लागेको वडा नं १० पटनाका अभिभावक राजकुमारी थारुले वताउनु भयो । 

            सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा नगरको वडा नं ३, १० र ११ मा संचालन गरेको दिगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रममा आवद्ध १५ सय वढि किशोर किशोरीहरुले ३ हजार घर परिवारमा यस्तो अभियान संचालन गरेका हुन् । आफ्नो समुहले गाँउघरमा नागरिकहरुलाई सचेतना संगै सावुनपानीने हात धुने तरिका, सन्देशमुलक पर्चा, पम्पप्लेट मार्फत घरदैलो कार्यक्रम, कोरोनावाट वच्ने उपायहरुको वारेमा शन्देश दिने काम गरेको वडा १० पटनाको उन्नती संवाद केन्द्रका किशोरी रिमा यादवले वताउनु भयो । 

        हामी समूहमा २० जना रहेका छौ । सवैले आ–आफ्नो क्षेत्रमा आफु पनि सरक्षित भई सावधानी अपनाएर आफ्नो गाँउघरमा सरसफाई र कोरोनाको विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरेको किशोरी सोनी श्रेष्ठले वताउनु भयो । नगरका ३ वडामा ६० वटा किशोर किशोरीहरुको समूह वनाई अहिले संवाद केन्द्र संचालन गरिएको छ । यसरी संचालन भएको संवाद केन्द्रमा किशोरीहरुलाई सहयोग गर्न ६० जना सहजकर्ता परिचालन गरिएको छ । सहजकर्ता मार्फत उपयोगी सिप, जीवनवृद्धि योजना तथा सामाजिक सवालहरुको न्युनीकरणका लागि कार्यक्रम संचालन गरिएको कार्यक्रमका फोकल पर्सन प्रकाश घिमिरेले जानकारी दिनु भयो ।  

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६