लुम्बिनी

बाणगंगामा कहाँ–कहाँ हुँदैछ आजबाट राहत वितरण



कपिलवस्तु २८ चैत । कपिलवस्तुको बाणगंगा नगरपालिकाले राहत वितरणको काम  आज शुक्रबारबाट गर्ने भएको छ । पहिलो चरणमा वडा नं ७ देखी ११ र भोलीदेखी र दोस्रो  चरणमा पर्सि शनिबारबाट वडा नं १ देखी ६ सम्मका मजदुर तथा बिपन्न्न बर्गका श्रमिकहरुलाई राहत सामग्री वितरण गरिने भएको हो । बिहिबार नगरकार्यपालिकाको बैठकले राहत वितरणका लागि सबै वडालाई निर्देशन दिएको नगरप्रबक्ता एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले बताउनुभयो । नगरका करिब १९ सय ३५ घरपरिवारलाई राहतका लागि छनौट भएका छन । जसमा ५ जना माथिका घरिपरिबार संख्या ३ सय २६ रहेको छ भने ५ जना भन्दा कम घरपरिवारका संख्या १६ सय ९ रहेको छ ।

     राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार ५ जना सम्मको परिवारलाई २० केजि चामल , २ केजि दाल ,१ लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र १ वटा कपडा धुने सावुन दिने छ । भने ५ जना भन्दा बढि परिवार सदस्य रहका घरपरिवारलाई ३० केजि चामल , ३ केजि दाल , ढेड लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र २ वटा कपडा धुने सावुन उपलब्ध गराईने छ । राहत सामाग्री ब्यवस्थापनका लागि नगरपालिकाले समिति पनि निर्माणको पनि गरिएको छ । सबै वडालाई प्रभाबकारी ढंगबाट राहत सामग्री वितरण गर्न पनि बैठकले आग्रह गरेको छ ।

          यसैबिच नगरपालिकामा बिहिबार संघिय सरकारका सांसद ,राष्ट्रिय सभाका सदस्य ,संबिधान सभाका सदस्य ,बिभिन्न राजनितिक दलका जिल्ला नगर प्रमुख प्रतिनिधिका बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोरोना भाईरस रोकथामको समयमा नगरपालिकाले गरेको तयारी र हालसम्मका कार्यक्रमहरुको बारेमा छलफल गरिएको छ । राहत वितरणको काम र लकडाउन लाई प्रभाबकारी बनाउन अन्तरक्रियमा सहभागिहरुबाट रायसुझाब र थप नया योजनाका साथ अघि बढ्ने प्रतिबद्धत जनाईएको नगरप्रबक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६