लुम्बिनी

कपिलवस्तु मृतक घटनाः राहत उपलब्ध गराउन समाजवादीको माग



कपिलवस्तु २८ चैत्र । समाजवादी पार्टी कपिलवस्तुले २५ गते सोमवार विजयनगर गाउँपालिका वडा नं. २ जलैयाका गोर्वधन भरलाई राहत उपलब्ध गराउन माग गरेको छ । समाजवादी पार्टी कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले प्राधानमन्त्री तथा मुख्यमन्त्रीलाई जिल्ला प्रशासन कार्यलय कपिलवस्तु मर्फत राहत उपलब्ध गराउना ज्ञापन पत्र दिएका छन । कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पतालमा सोमवार मृत्यु भाएका बिजयनगर गाउपलिका वार्ड नं. २ जलैयाका गोबर्धन भरको परिवार लाई राहत उपलब्ध गराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

        रुपन्देहीको सैनामैना नगरपलिकाका कोरोना भाईरसको शंकामा बाबुराम थापाको मृत्यु भएको राहत स्वरुप ८ लाख छोराछोरी लाई निशुल्क उच्च शिक्षा र श्रीमती लाई योग्यता अनुसारको जागिरको लागि सहमति भए पनि एउटै प्रकृतिकका घटना रहेको कपिलवस्तुका भरलाई पनि सोही सरह राहत उपलब्ध गराउन माग गरिएको अध्यक्ष यादवले बताउनु भयो  । जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्व मा प्रदेश सभा सदस्य सहषराम यादव ,समाजवादी पार्टीको प्रदेश मुख्य सचिव अब्दुल रसिद खान सहितको टोली प्रमुख जिल्ला अधिकारी दिर्घ नरायण पौडेललाई ज्ञापन बुझाएको छ । ज्ञापन पत्र बुझदै प्रजिअ पौडेलले आफु सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

        यता मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकोले मधेश मानव अधिकार गृह माहुरी होमले १० हजार र विजयनगर गाउँपालिकाले २० हजार क्रियाखर्चका लागि उपलब्ध गराएको छ । मृतक भरको स्वाव नेगेटिभ आएको थियो । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६