लुम्बिनी

रोट्याक्ट बुटवलद्धारा ७० परिवारलाई राहत वितरण



बुटवल २९ चैत्र । कोरोना भाइरस अर्थात कोविड १९ का कारण विश्व आतंकित भैरहेको अवस्थामा नेपाल सरकारले गरेको लकडाउनको २० औं दिन सम्म आइपुग्दा दैनिक ज्यालामजदुरी गरेर जिविर्कोपार्जन गरिरहेका  परिवारलाई बिहान साझ छाक र्टान समेत गाह्रोँ पर्न थालेको छ । मज्दुर , गरिब बिपन्न परिवारलाई सरकारले राहतको घोषणा गरि वितरण कार्यलाई निरन्तरता दिईरहेका बेला विभिन्न सघं , संस्थाहरुले समेत सहयोग गर्न थालेका छन् । आज रुपन्देहीको रोट्याक्ट् क्लब अफ बुटवलले बुटवल ११ पवित्रनगरका करिब ७० घरपरिवारलाइ दाल, चामल, खानेतेल, नुन, तरकारी लगायतका खाद्यान्न सामग्री  वितरण गरेको छ ।  रोयल ग्रुप बुटवलका पदाधिकारी र रोटर्याक्ट क्लब अफ बुटवलले आर्थिक संकलन गरि खाद्यवस्तु  वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष रो वोनिन पियाले बताउनु भयो । क्लबका अध्यक्ष रो रनिल श्रेष्ठ , बुटवल वार्ड नम्बर ११ का वार्ड अध्यक्ष राम चन्द्र क्षेत्री , संयोजक रो दिपेश कुमार अग्रहरीको रोहवरमा राहत वितरण गरिएको  हो । समुदायमा भैपरी आउने कुनैपनी समस्या समाधान गर्न रोट्याक्ट क्लब अफ बुटवल प्रतिबद्ध रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६