ब्रेकिंग न्युज

कोरोना भाइरसबाट बच्न जेष्ठ नागरिक बढी संवेदनशील बनौंः अध्यक्ष आचार्य



बरवा, ३० चैत । राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त आचार्यले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न जेष्ठ नागरिकहरु बढी संवेदनशील हुन अपिल गर्नुभएको छ । अध्यक्ष आचाईले आज एक सन्देश जारी गर्दै जेष्ठ नागरिकहरुलाई कोरोना भइरसबाट बच्न लकडाउनको पूर्ण पालना गर्न अपिल गर्नुभएको हो । 

        आचार्यले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चिनको बुहानमा पहिलोपटक देखापरेको कोरोना भाइरसका कारण विश्वमै महामारीका रुपमा फैलिएको सङ्क्रमणले मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गर्नुभएको छ । यो संवेदनशील तथा दुःखद् घडीमा जेष्ठ नागरिक एवम् नेपाली नागरिकहरुमा सावधानी अपनाउन अनुरोध गर्दछु आचार्यले प्रकाशित गर्नुभएको सन्देशमा उल्लेख छ । 

        आचार्यले सन्देशमा भन्नुभएको छ जेष्ठ नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा यस संवेदनशील घडीमा जेष्ठ नागरिकहरु बढी संवेदनशील हुन जरुरी रहेको र अहिले हाम्रो देशमा कोरोना भाइरसले महामारीको रुप नलिए पनि यस महामारीबाट बच्न अनुशासित, संवेदनशील र जिम्मेवार नागरिक बन्न सबैमा आग्रह गर्नुभएको छ । २०७६ सालको समाप्तिसँगै यो महामारी पनि समाप्त होस् २०७७ सालले सबैमा खुसी, समृद्धि र प्रगतिको उज्याले प्रदान गरोस् अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित सन्देशमा उल्लेख छ ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६