ब्रेकिंग न्युज

कृष्णनगरको राहतमा गुणस्तर हिन चामल ।




कृष्णनगर नगरपालिकाले राहत वितरणको लागी खरीद गरेको चामल गुणस्तर नभएको फेला परेको छ । आज आईतवार सर्वदलिय संयन्त्र र जिल्ला प्रशासनको अनुगमनले वितरणको लागी राखीएको चामल हेर्दा प्रयोग गर्न नमिल्ने खालको फेला परे पछी वितरण कार्य रोकीएको छ । यता नगरपालिकाले ति सबै सामाग्री फिर्ता गर्ने तयारी समेत गरेको वताईएको छ ।
अनुगमनले गुणस्तर नभएको फेला परे पछी फिर्ता गर्ने तयारी भएको छ । अहिले चार बटा वडामा यी सामाग्री पुगेका छन । त्यो वडा कार्यालयमा रहेको छ । त्याहा पठाएको सामाग्री गुणस्तर हिन भए नभएको जाच गरीने छ । गुणस्तर हिन भएमा ति तत्काल फिर्ता गरीने कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले वताउनु भयो ।
यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत मनोज शैनिले गोदाम रहेका चामलमा समस्या रहेको पाईएको छ । पहिलो लटका चामल ठिकै छ त्यस पछी आएका चामल गुणस्तर हिन रहेको पाईएको छ । ति सामाग्री फिर्ता गरी राहत वाढने निर्देशन दिएको वताउनु भयो ।
मेयरसाव र केही वार्ड अध्यक्षले एकलौटी ढंगवाट राहत सामाग्री खरीद भएको थियो । मैले सुरु वाट प्रकृयाको विरोध गरेको थिए । यो वारेमा मेरो संलग्नता छैन । त्यही विरोध पछी २८ गते राहत वितरण टोलीमा मलाई संयोजक वनाईएको थियो । आज प्रशासन र सर्वदलिय प्रतिनीधीको अनुगमन गर्दा चामल गुणस्तर हिन रहेको पाईएको छ । खरीद गर्दा वजार मुल्य भन्दा वढी रहेको छ । हाललाई गुणस्तर सामाग्री लिई राहत वाडीने उपमेयर शवनम खातुनले वताउनु भयो ।
चैत्र २१ गते कोटेशन मागे पनी एक जनाको मात्र कोटेशन परे पछी रद्ध गरीएको थियो । पछी ३ कोटेशन लिई चामल खरीद गरीएको थियो । निगाली खाद्य उद्योगवाट खाद्य सामाग्री खरीद भएको वताईएको छ । यता नगरपालिकाले कोटेशन नै गोप्य रुपमा निकालेको आरोप समेत लगाईएको छ ।  खरीद प्रकृयाकाका लागी नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिका वडा नं. ६ का वार्ड अध्यक्ष अनुप कुमार शुक्लालाई राशन खरीदको जिम्मा दिएका थिए । चामल गुणस्तर हिन फेला परे पछी खरीद गर्ने कर्मचारी माथी शंकाले घेराले हेर्न थालीएको छ ।
गुणस्तर चेक नगरी चामल प्याकेजिंग गरे पछी मिलेमतो हुन सक्ने संभावना देखीएको नेकपाका नेता जावेद आलम खां ले वताउनु भयो । वजार रेट भन्दा महंगोमा खरिद भएको छ । प्रकृयामा सामेल रहेकालाई समेत छानविन गरीनु पर्ने खाँले वताउनु भयो । 

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६