प्रदेश

सरकार स्थानीय काम राष्ट्रिय,अलपत्र मजदुरको अभिभावक बन्यो सैनामैना



कपिलवस्तु १ बैशाख । कतिपय स्थानीय सरकार आफ्नै भूगोल भित्रका मजदुरको जीवन रक्षाका लागि गरेका राहतका काममा सफल हुन नसक्दा विवादमा पर्दै आएका छन् । तर यस्तो बेलामा  एक स्थानीय सरकारले राष्ट्रिय स्तरको काम गरेर फरक पहिचान  वनाएको छ । अलपत्र परेका मजदुरलाई उद्धार गरि रुपन्देहीको सैनामैनामा  क्वारेन्टिनमा राखिएका थिए । उनीहरुलाई आइतबार  हातमा झोला र अन्य सामान्यहरु बोक्दै सैनामैना नगरपालिकाले व्यवस्थापन गरेको बसमा सवार हुँदै अनुहारमा खुसी लिएर ७५ मजदुर अ आफ्नो घरतर्फ लागेका हुन् । 

        रुपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रुपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरुलाई  यातायातको व्यवस्था मिलाइ घर पठाइएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो । उहाँले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरहरुलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो । 

    कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलबस्तु बाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई आज घर पठाईएको नगरपालिकाले जनाएको छ । शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समुहमा पैदल हिडिरहेको देखेपछी सोधपुछ गरी उनीहरुलाई सैनामैना वडा नं १ बनकट्टामा रहेको पदमपाण्ी योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित चिकित्सालयको छुट्टै भवनमा बस्ने व्यवस्था मिलाइएको थियो ।    

    चिकित्सालयमा प्रवेश गर्नु पूर्व उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी गराउनुभयो । विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउन भएसँगै सर्वसाधारण र  दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६