प्रदेश

रक्सीको नशामा कुटपिट हुदा कपिलवस्तुमा १ जनाको हत्या



बुद्धभुमी
कपिलवस्तुको वुद्धभुमी नगरपालिका १ कपासीमा कुटपिटवाट एक जनाको ज्यान गएको छ । साथी साथी विच सामान्य भनाभन भएको थियो । एक छिनमै कुटाकुट सुरु भयो । स्थानिय वर्ष ४५ विष्णु वहादुर दर्जी लठ्ठीले हान्दा वर्ष ५२ तुल्सी सुनारको ज्यान गएको प्रत्यक्षदर्शीहरु वताउछन ।
मंगलवार विहान ११ वजे सुनारको घटना स्थलमा मृत्यु भएको हो ।  विष्णु परीयारले दुवै छिमेकी हुन । आज विहानै देखी दुवै मिलेर सुनारको घरमा रक्सी खाएका थिए । खाने क्रममा रक्सीले मात लागे पछी झगडा सुरु भएको थियो । सुनारले परियारलाई तल्लो जाती भएर मेरो घर भित्र किन छिरीस भने पछी झगडा सुरु भएको थियो । भगडा भए पछी २ जनाले छुट्टाउन प्रयास गरेका थिए । विष्णुले एक्कसी लाठी प्रहार गरे पछी सुनारको मृत्यु भएको थियो ।
घटना पछी भागेका विष्णुलाई प्रहरी र स्थानियले भृकुटी सामुदायिक वन क्षेत्रका खोजी गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले प्रेसपाटीलाई वताउनु भयो ।

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६