कपिलवस्तु २ बैशाख । कपिलवस्तुको वुद्धभुमी नगरपालिकामा मंगलवार देखी राहत वितरण सुरु भएको छ । वडा कार्यालयले लिएको अती गरीव, दैनिक ज्यालादारी मजदुर कामदारको रेकर्ड अनुसार राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । मंगलबार वडा नंं २ का २ सय ७७ जना मजदुर, विपन्न परिवारलाई रातह वितरण गरिएको बुद्धभुमि नगरपालीका वर्डा नं. २ का अध्यक्ष भेषराज खनालले जानकारी दिनुभएको छ । बुधबार १, ३ , ८ ,९ नं लगाएतका वडामा वितरण गरिने छ । नगरपालिकाले राहत वितरणका लागी सर्वपक्षिय समिती समेत गठन गरीएको छ । जस्का कारण विवाद हुने संभावना कम रहेको छ । मापदण्ड वनाई राहत वितरण गरिएकााले पारदर्शिता भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भयो । यता नगरपालिकाको राहत कोषमा सहयोगी दाताको सहयोग आउन सूरु भएको वताईएको छ । किडार्क नेपाल संस्थाले २ लाख ४१ हजार र बुद्धभुमी नगरपालिका १ का विशाल पोख्रेलले १ लाख रकम हस्तान्तरण गरेको बताईएको छ।
२ बैशाख २०७७, मंगलबार
प्रतिक्रिया