लुम्बिनी

बाढीबाट भत्कियो निर्माणाधीन पुल



गुल्मी, ४ वैशाख । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ ।  बुधबार पानी परेपछि आएको बाढीका कारण  मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु गरी चैत मसान्तमा तल्लो ढलान सम्पन गरिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो  ।  तीन वर्षअघि सङ्घीय सरकारको रु पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको जिम्मा पाएको थियो । निर्माणाधीन  पुलको लम्बाइ ५५ मिटर  छ । बाढीले चौरासी–धुर्कोट जोड्ने पक्की पुलसमेत उच्च जोखिममा छ । त्यस्तै बाढीले निस्ती खोलामा रहेको चण्डेश्वरी हेभी इक्विपमेण्ट कन्स्ट्रक्सनको लु १ त २४८२ नम्बरको ट्रयाक्टरसमेत बगाएको छ ।  

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६