प्रदेश

कपिलवस्तुको सुखद सन्देश , ५ दिनमा साढे छ सयको रयापिड टेष्ट : नतिजा सबै नेगेटिभ



कपिलवस्तु ४ बैशाख कपिलवस्तुका लागि  सुखद सन्देश प्राप्त भएको छ । ५ दिनमा साढे छ सयको रयापिडटेष्ट गरिएकोमा  नतिजा सबै नेगेटिभ प्राप्त भएको हो । कपिलवस्तुमा पाँच दिनमा ६ सय ३१ जनाको र्यापिड टेस्ट गरिएको छ । विहिवार ६ पालिकामा १ सय २६ जनाको टेस्ट गरिएको हो गत शनिवारबाट गरिएको टेस्टमा सवै नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भयो ।

        अहिले सम्म बिजयनगर गाउपालिका १ सय ४२, महराजगंजमा २ सय ८ सुद्धोदनमा ५६, मायादेबीमा ६८, कृष्णनगरमा ४५, शिवराजमा ३६, कपिलवस्तु नगरपालिकामा २०, यशोधरामा ४१, बाणगंगामा ४ र बुद्धभुमीमा १४ जनाको परिक्षण गरिएको छ ।  क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट गरिएको कार्यालयले जनाएको छ । जिल्लामा विहिवार सम्म १ सय ६८ जना क्वारीन्टाईनमा रहेका छन् । एक हजार १२ सैयाको वेड तयारी गरिएकोमा ९ सय २२ जनालाई राखिएको थियो । जसमा ७ सय ५४ डिस्चार्ज भई घर गएकोले १ सय ६८ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।

             बिहीवार ६५ जना लाई घरमा पठाईएको उहाँले वताउनु भयो ।यस्तै प्रशासन कार्यालयका अनुसा कपिलवस्तुमा लकडाउनका कारण समस्यामा परेका १२ हजार ६ सय ४७ बिपन्न पविारलाई राहत बितरण गरिएको छ । पहिलो चरण अन्तर्गत जिल्लाका १० पालिकाद्धारा २२ हजार बिपन्न परिवारलाई राहत बितरण गर्ने गरी लगत संकलन गरिएको थियो । जसमा बिहीवार ६ सय २९ पविारलाई राहत बाडिएको छ । प्रति परिवार १० देखि ३० किलो सम्म चामल, दाल, नुन तेल लगायतका खाद्यान्न बितरण गरिएको हो । जिल्लामा ५ करोड ६४ लाखको बिपद ब्यवस्थापन कोष स्थापना गरिएको कार्यालयले जनाएको छ । 

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६