कपिलवस्तु ४ बैशाख ।कपिलवस्तुका लागि सुखद सन्देश प्राप्त भएको छ । ५ दिनमा साढे छ सयको रयापिडटेष्ट गरिएकोमा नतिजा सबै नेगेटिभ प्राप्त भएको हो । कपिलवस्तुमा पाँच दिनमा ६ सय ३१ जनाको र्यापिड टेस्ट गरिएको छ । विहिवार ६ पालिकामा १ सय २६ जनाको टेस्ट गरिएको हो गत शनिवारबाट गरिएको टेस्टमा सवै नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनु भयो ।
अहिले सम्म बिजयनगर गाउपालिका १ सय ४२, महराजगंजमा २ सय ८ सुद्धोदनमा ५६, मायादेबीमा ६८, कृष्णनगरमा ४५, शिवराजमा ३६, कपिलवस्तु नगरपालिकामा २०, यशोधरामा ४१, बाणगंगामा ४ र बुद्धभुमीमा १४ जनाको परिक्षण गरिएको छ । क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट गरिएको कार्यालयले जनाएको छ । जिल्लामा विहिवार सम्म १ सय ६८ जना क्वारीन्टाईनमा रहेका छन् । एक हजार १२ सैयाको वेड तयारी गरिएकोमा ९ सय २२ जनालाई राखिएको थियो । जसमा ७ सय ५४ डिस्चार्ज भई घर गएकोले १ सय ६८ जना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
बिहीवार ६५ जना लाई घरमा पठाईएको उहाँले वताउनु भयो ।यस्तै प्रशासन कार्यालयका अनुसा कपिलवस्तुमा लकडाउनका कारण समस्यामा परेका १२ हजार ६ सय ४७ बिपन्न पविारलाई राहत बितरण गरिएको छ । पहिलो चरण अन्तर्गत जिल्लाका १० पालिकाद्धारा २२ हजार बिपन्न परिवारलाई राहत बितरण गर्ने गरी लगत संकलन गरिएको थियो । जसमा बिहीवार ६ सय २९ पविारलाई राहत बाडिएको छ । प्रति परिवार १० देखि ३० किलो सम्म चामल, दाल, नुन तेल लगायतका खाद्यान्न बितरण गरिएको हो । जिल्लामा ५ करोड ६४ लाखको बिपद ब्यवस्थापन कोष स्थापना गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया