कपिलवस्तु , ८ वैशाख
कपिलवस्तुको शिवराज नगरपालिका ८ की एक बालिकालाई मोबाइल किनिदिने भन्दै बलात्कार गरिएको छ । वैशाख ३ गते शिवराज ८ विसनपुरकी १५ बर्षिया बालिकालाई मोबाइलि किनिदिने भन्दै बलात्कार गरिएको घटना बाहिर आएको छ ।
स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई मोबाइल किनिदिने भन्दै ललाई फकाई आफ्नो घर लगेको र त्यहा स्थानीय २२ बर्षे सागिर अली (पाँचु) ले जर्बजस्ती गरेको पीडित बालिकाले बयान दिएकी छिन् । बालिकाले मोबाइल नचाहिने तर गलत कार्य नगर्ने भन्दै भाग्न खोज्दा घरको ढोका लगार्ई महिला रेहानाले जर्बजस्ती समातेर बाधेको र सागिरले बलात्कार गरेको पीडित परिवारले प्रहरीमा जानकारी दिएको छ । बालिकाले आफु माथी ३ पटक जबरजस्ती करणी भएको बताएको परिवारले जनाएको छ । बालिका बलात्कार भएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले बलात्कारमा सहयोग गरेकी आरोपी रेहान बानु शेखलाई सोहि दिन नै नियन्त्रणमा लिएको छ ।
बलात्कारका आरोपी सागिर अलि विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेलले बताए । आरोपी फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । यो घटना संगै लकडाउनका क्रममा कपिलवस्तुमा ५ वटा बलात्कारका घटना घटेका छन् ।
८ बैशाख २०७७, सोमबार
प्रतिक्रिया