ब्रेकिंग न्युज

मोबाइलको प्रलोभन देखाएर बालिका बलात्कार



कपिलवस्तु , ८ वैशाख
    कपिलवस्तुको शिवराज नगरपालिका ८ की एक बालिकालाई मोबाइल किनिदिने भन्दै बलात्कार गरिएको छ । वैशाख ३ गते शिवराज ८ विसनपुरकी १५ बर्षिया बालिकालाई मोबाइलि किनिदिने भन्दै बलात्कार गरिएको घटना बाहिर आएको छ ।
स्थानीय महिला रेहाना बानु शेखले बालिकालाई मोबाइल किनिदिने भन्दै ललाई फकाई आफ्नो घर लगेको र त्यहा स्थानीय २२ बर्षे सागिर अली (पाँचु) ले जर्बजस्ती गरेको पीडित बालिकाले बयान दिएकी छिन् । बालिकाले मोबाइल नचाहिने तर गलत कार्य नगर्ने भन्दै भाग्न खोज्दा घरको ढोका लगार्ई  महिला रेहानाले जर्बजस्ती समातेर बाधेको र सागिरले बलात्कार गरेको पीडित परिवारले प्रहरीमा जानकारी दिएको छ । बालिकाले आफु माथी ३ पटक जबरजस्ती करणी भएको बताएको परिवारले जनाएको छ  । बालिका बलात्कार भएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले बलात्कारमा सहयोग गरेकी आरोपी रेहान बानु शेखलाई सोहि दिन नै नियन्त्रणमा लिएको छ ।
बलात्कारका आरोपी सागिर अलि विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेलले बताए । आरोपी फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ । यो घटना संगै लकडाउनका क्रममा कपिलवस्तुमा ५ वटा बलात्कारका घटना घटेका छन् ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६