प्रदेश

प्रहरी निदाउदा क्वारेण्टाइन ब्रेक, फरार ३ को खोजीगर्न शशस्त्र परिचालन



नवलपरासी १० बैशाख आफ्नो र आफ्नो परिवारको सुरक्षाकालागि क्वारेण्टाइनमा बस्नु परेको हो भनेर बुझन नसक्ने ३ जना क्वारेण्टाइन ब्रेक गर्ने स्वघोषित वहादुर तर ब्यवहारत कायरहरु फरार भएका छन् । कावासोतीको क्वारेण्टाईनमा बसेका तीन जना यूवा कुरुवाको आँखा छली भागेका हुन् । कावासोती नगरपालिका वडा न ३ मा रहेको क्वारेण्टाईनबाट उनिहरु मंगलबार विहान भागेको कावासोती नगरपालीकाका उपमेयर तथा नगरस्तरीय कोरना रोकथाम विपत व्यावस्थापन समीतिका संयोजक प्रेम शंकर  मर्दनिया थारुले जानकारी दिए ।

        क्वारेण्टाईनबाट भाग्ने तिनै जना कावासोती नगरपालीका वडा नं १ मा बस्ने वर्ष २८ का अनिल नाम गरेका जुद्ध परियार, वर्ष ३४ का कृष्ण परियार र वर्ष २३ का सन्तोष विक रहेका छन् । उनिहरु मध्ये जुद्ध परिवार भारतबाट आएका र उनी संगै घुलमिलमा रहेका उनका २ जना साथि सहित ३ जनालाई सोमबार साँझ वडा न १ का वडा अध्यक्ष नारायण पन्त सहित स्थानीयहरुले वडा न ३ मा रहेको क्वारेन्टाइनमा ल्याइएको थियो ।

    मर्दनिया थारुका अनुसार  उनिहरुको नगर प्रहरी, प्रहरी, वडा प्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले खोजी गरीरहेको छ । भारतबाट आएका युवकले लागू पदार्थ गाँजा सेवन गर्ने गरेको र उनी संगैका २ जना साथीले पनि लागु पदार्थ खाने गरेकाले ३ जनालाई उनिहरुकै घर परिवारको सल्लाह अनुसार कावासोती ३ मा रहेको क्वारेन्टाइनमा राखिएको वडा नं १ का वडाध्यक्ष पन्तले प्रेसपाटीलाई टेलिफोन मार्फत जानकारी दिनु भयो ।

        क्वारेण्टाईन स्थलमा नगरपालिकाको नगर प्रहरीले निगरानी गरेका थिए । तर नगर प्रहरीको आँखा छलेर उनिहरु तिनै जना क्वारेन्टाइनबाट मंगलबार विहान भागेका हुन् । कावासोती नगरपालीकामा सोमबार सम्म ११ जना क्वारेन्टाइनमा रहेका थिए । जसमा ३ जना मंगलबार विहानै भागे भने ३ जनालाई मंगलबार क्वारेण्टाईन अबधी पुरा गरि घर पठाईएको कावासोती नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाले जानकारी दिए । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६