अर्थ-वाणिज्य

रुकुमका स्थानीय तहले गरे मजदूरको उद्धार



रुकुम पूर्व, ११ बैशाख । कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदूरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पु¥याएका छन् । भक्तपुरको इँटाउद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ । लकडाउनले गर्दा भक्तपुरमा अलपत्र परेका प्रदेश नं ५ का विभिन्न जिल्लाका मजदूरसँगै उनीहरुलाई पनि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उद्धार गरेर रोल्पासम्म पठाउनुभएको थियो । 

        उनीहरुलाई भूमे गाउँपालिकाले रोल्पाको होलेरीबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।  रोल्पाबाट उद्धार गरी ल्याइएका उनीहरु सबैलाई बुधबार स्वास्थ्य जाँच गरी दुई सातासम्म होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।  उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ । यसैगरी धादिङ इँटाभट्टामा काम गर्ने सिस्ने –५ का तीन जनालाई पनि रुकुम९पश्चिम०को सोलाबाङबाट उद्धार गरिएको छ । मजदूरीका लागि धादिङ पुगेका उनीहरु कोरोना महामारीका कारण सरकारले लकडाउन घोषणा गरेपछि उनीहरु कतै पैदल हिँडेर तथा कतै विभिन्न स्थानीय तहको सहयोगमा सवारी साधनमार्फत सोलाबाङ पुगेका थिए । 

        उनीहरुलाई पनि सिस्ने गाउँपालिकाले सोलाबाङ पुगी उद्धार गरेर घरसम्म पु¥याएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । उनीहरुलाई  जिल्ला अस्पताल रुकुम९पूर्व०मा स्वास्थ्य परीक्षण गरी घर पठाइएको तर कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालले जनाए पनि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न भनिएको अध्यक्ष बरालले बताउनुभयो । (रासस)

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६