लुम्बिनी

मकैबालीमा फौजी कीराको प्रकोप



बाँके, १२ वैशाख । किसानले लगाएको वसन्ते मकैमा फौजी कीराको प्रकोप देखिएको छ ।  डुडुवा गाउँपालिका वडा नं ६ हिरमिनियाका किसानले लगाएको वसन्ते मकैमा लागेको फौजी कीराले १०० भन्दा बढी बिघाको मकै नष्ट पारेको छ ।कोभिड–१९ को संक्रमणबाट जोगिन आह्वान गरिएको बन्दाबन्दीका कारण औषधि अभाव भएपछि मकै नष्ट भएको हो ।  किसान जयपाल मौर्यले  पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ताभन्दा पनि बोटमा लागेको अमेरिकी फौजी कीराले बाली नै सखाप पार्दा लागत नै नउठ्ने चिन्ताले सताएको बताउनुभयो । हिरमिनियाकै श्यामलाल मौर्यले बन्दाबन्दीका कारण घोगा लाग्ने बेलाको मकैबालीमा प्रकोपको रुपमा फौजी कीरा फैलिएपछि जोगिने उपायबारे कृषिविज्ञलाई जानकारी गराउन नपाइएको गुनासो गर्नुभयो ।  धान खेतमा पनि हिरमिनियालगायत बाँके बर्दियामा अमेरिकी फौजी कीराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले मकैमा देखिएको छ ।

             बन्दाबन्दीकै कारण किसानले कृषिज्ञान केन्द्रसम्म पुगेर आफ्नो समस्या राख्न नसकेको र आवश्यक विषादी पनि नपाइएको किसानको गुनासो छ । “बन्दाबन्दीका कारण हाम्रो लगानी खेर जाने निश्चित छ, यसका लागि कृषिज्ञान केन्द्रले तत्कालै पहल गरिदिए हुन्थ्यो ”, किसान भन्छन् । कृषिज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालका अनुसार बाँकेमा दुई हजार ४५० हेक्टर र बर्दियामा तीन हजार ९०० हेक्टर जमीनमा वसन्ते मकै खेती गरिएकामा करीब ७० प्रतिशत खेतीमा कीराको प्रकोप देखिएको छ । बन्दाबन्दीका कारण किसानलाई सिफारिस गरिएको विषादी नपाइएको र वैकल्पिक विषादीले काम नगरेका कारण फौजी कीराको प्रकोप रोक्न कठिन भएको उहाँले बताउनुभयो । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६